काठमाडौं- समानान्तर कमिटी बनाएर पार्टी नेतृत्वविरुद्ध गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निष्कर्ष निकाल्दै नेकपा एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठक सकिएको छ।
बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
यस्तै बैठकले पार्टीमा समानान्तर कमिटी निर्माण गर्ने र यसमा सहभागी भएका सबैलाई विभिन्न कारबाही गर्ने निष्कर्षसमेत निकालेको छ।
पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई भने स्पष्टिकरण सोध्ने कुरामा अध्यक्ष केपी शर्मा ओली सहमत भएनन्।
उनले उनीहरुलाई स्पष्टिकरण सोध्न नपर्ने र त्यो खालको उनीहरुको ‘हाइट’ नभएको भन्दै केन्द्रीय सदस्यहरुलाई कन्भिन्स गरे।
बालुवाटारमा बसेकाे बैठकले गरेका थप निर्णयहरु :