शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘ओलीले पहिले माओवादीबाट आएकालाई मिलाउँछु अनि पार्टी मिलाउँछु भन्दा बिग्रिएको हो’

‘ओलीले पहिले माओवादीबाट आएकालाई मिलाउँछु अनि पार्टी मिलाउँछु भन्दा बिग्रिएको हो’

प्रतिनिधिसभा विघटनको निर्णयसँगै केपी शर्मा ओलीको साथ छोडेका सांसद कृष्णभक्त पोखरेल पुनः ओलीतिरै फर्किएका छन्।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनको निर्णयसँगै केपी शर्मा ओलीको साथ छोडेका सांसद कृष्णभक्त पोखरेल ओलीतिरै फर्किएका छन्। यसअघि नेपाल–खनाल समूहसँग रहेर विभिन्न कार्यक्रममा सहभागी भएका पोखरेल शनिबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर ओली समूहतिर लागेका हुन्।

triton college

संसदीय दलको बैठकमा सहभागी हुनुपर्छ भनेर नेपाल समूहमै प्रतिवाद गरेका उनले अन्ततः नेपाल समूह छोडेका छन्। उनै पोखरेलसँग नेपाल समयका बीपी अनमोनलले गरेको संक्षिप्त कुराकानी 

तपाईँ लामो समयदेखि नेपाल समूहमा हुनुहुन्थ्यो, आज ओलीले बोलाएको संसदीय दलको बैठकमा जानुभयो नि ?

म प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णयको विरुद्धमै थिएँ। संसद पुनर्स्थापना भयो। त्यसपछि फागुन २३ गते सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अलगअलग भए। त्यसपछि त हामी नेकपा एमाले भयौँ। यसलाई सुदृढ गरेर जानुबाहेक कुनै विकल्प छैन। पार्टीभित्रका गुट फेरि पनि उसैगरी राखिरहने हो भने सुदिृढ हुन सक्दैन। विगतका सबै विर्सेर प्रधानमन्त्रीजीले पनि समेट्नुपर्छ, अब हामी त्यही कुरा समातेर अलग्गै बसिरहने हो भने त पार्टी समृद्ध त बन्दैन। प्रधानमन्त्रीलाई वा माधव नेपाल कसैलाई पनि कमजोर बनाउन खोज्दा पार्टी निर्माण हुँदैन। यस्तो परिस्थितिमा त्यहाँ गएर सबैलाई समेटेर पार्टी निर्माण गर्नुस्, विगतमा भएको गल्तीमा कोकोले आत्मआलोचना गर्नुपर्ने हो गरौँ तर पार्टी चाँहि एकताबद्ध बनाएर जाऔँ भनेर मैले भनेकाे हुँ।

तपाईँ हिजोसम्म राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनु भएको होइन र ?

corrent noodles
Metro Mart

म एकदम होसियारीपूर्वक राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएको हुँ। त्यहाँ कुनै विखण्डनका लागि सहभागी भएको होइन। भेलामा सहभागी भएका सबै कार्यकर्ताको एउटै भनाइ थियो, पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ। कार्यकर्ता भेलामा पनि अन्यथा भएको छैन। अब गुट बनाएर कहिलेसम्म बस्ने ? अब अलगअलग भएर मात्रै पार्टी राम्रो हुँदैन। अनि म एमालेबाट जितेको सांसद संसदीय दलको बैठकमा सहभागी किन नहुने ? ३ पटक संसदीय दलको बैठक बसिसक्यो, बैठकमा जाने त मेरो दायित्व हो नि ।

माधव नेपालसँग रहँदा पनि तपाईँले यो विषयमा कुरा गर्नुभएन ?

अस्ति ५ गतेको बैठकमा जाने, बैठकमै गएर कुरा गर्ने भन्ने भयो, हामी गाडीमा पनि बस्यौँ, तर पछि गइएन। आज पनि मैले नेताहरुसँगको छलफलमा संसदीय दलको बैठकमा जानुपर्छ भनेर कुरा राखेँ। तर त्यसमा सहमत हुने अवस्था नदेखिएपछि म एक्लै हिडेँ।

अहिले माधव नेपाल–भलनाथ खनाल पक्षले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताअघिको अवस्थामा पुग्ने र पार्टीका संगठनहरुलाई त्यहीअनुसार राख्ने हो भने मिल्ने कुरा गर्नुभएको छ नि ?

हो, त्यसमा मेरो पनि भनाइ के छ भने अदालतको फैसलाले एकीकरण अघिको अवस्थामा फर्काएको हो भने त्यो अवस्थामा फर्किन प्रधानमन्त्री तयार हुनुपर्छ। पूर्व माओवादी पार्टी वा अरु पार्टीबाट आएका साथीहरुलाई स्थान दिने वा स्वागत गर्ने त गर्नैपर्छ। अरु कुरामा त प्रधानमन्त्रीले अभिभावक बनेर काम गर्नु पर्छ। माधव नेपाल र झलनाथ खनालको त कम योगदान छैन नि त पार्टी निर्माणमा उहाँहरुलाई पनि समेट्ने हिसाबले अघि बढ्नुपर्छ।

फागुन २८ गतेको निर्णय खारेज हुने हो भने पार्टी एकता जोगिन्छ भनेर नेपाल–खनालले भनिरहनु भएको छ, यसका लागि तपाईँको भूमिका के हुन्छ ? तपाईँ त अहिले प्रधानमन्त्रीसँग पुग्नुभयो।

त्यसो होइन, प्रधानमन्त्री त सबैको अभिभावक बन्नुपर्छ। उहाँले हजारौँहजार कार्यकर्तालाई बाहिर राखेर पार्टी अघि बढ्न सक्दैन। त्यसैले उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।

दुवैतिर समानान्तर कमिटी गठन, भेला गरिएको छ, अब एमाले कसरी सग्लो रहन्छ ?

मलाई चित्त नबुझेको कुरा पनि त्यही हो। समानान्तर कमिटी गठन गर्ने, एमालेकै नाममा अर्को भेला गर्ने, हिजो केपी ओली अल्पमतमा हुँदा विभिन्न फाउण्डेसनको नाममा कार्यक्रम गर्नुहुन्थ्यो तर पार्टीकै नाममा गरेको मलाई थाहा छैन।
अर्को कुरा समानान्तर कमिटी गठनमा मेरो चित्त बुझेकै छैन।

अब निकास चाँहि के त ? पार्टी सग्लो बनाएर लैजान के हुन्छ विकल्प ?

प्रधानमन्त्री मुख्य अभिभावक भएकाले उहाँ लचक हुनैपर्छ। नेपाल–खनाल पनि केही कुरामा लचक हुनै पर्छ। हिजो पार्टी एकीकरण पूर्वको अस्तित्वमा पार्टी कमिटी आउनुपर्छ भन्ने कुरामा त दुई मत नै छैन। 

प्रधानमन्त्रीले पूर्व माओवादीतर्फबाट आएकालाई मिलाएर लैजाने विषयमा खनाल–नेपालसहितको बैठक बोलाएर प्रस्ताव गरेको भए यस्तो अवस्था आउँथेन होला नि ?

सही हो। सबै पुरानो केन्द्रीय कमिटीका साथीहरुलाई राखेर माओवादीबाट आएकालाई के गर्ने भनेर प्रस्ताव गरेको भए भइहाल्थ्यो। तर ओलीले माओवादीबाट आएकालाई मिलाएपछि कुरा गर्छु भन्दा बिग्रिएको हो। 

प्रकाशित: Mar 20, 2021| 09:49 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।