शनिबार, वैशाख ८, २०८१

नेपाल–इजरायल सम्बन्धको ६० औं वार्षिकोत्सव मनाइयो

नेपाल र इजरायलबीच औपचारिक सम्बन्ध स्थापित भएको ६० वर्ष पूरा भएको अवसरमा नेपालस्थित इजरायली राजदूतावासले कार्यक्रम आयोजना गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं– नेपाल र इजरायलबीच औपचारिक सम्बन्ध स्थापित भएको ६० वर्ष पूरा भएको अवसरमा नेपालस्थित इजरायली राजदूतावासले कार्यक्रम आयोजना गरेको छ।

triton college

दूतावासले परराष्ट्रमन्त्री, पूर्वराजदूतहरु तथा कूटनीतिक क्षेत्रका व्यक्तिहरु बोलाएर वार्षिकोत्सव मनाएको हो। 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धि नेपालको लागि सिक्न लायक भएको बताए।

उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सुरु हुन लागेको जानकारी उनले दिए। इजरायलले नेपालको कृषिको आधुनिकीकरणमा तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ। 

नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताए। दुई देशबीचमा साझा चुनौती रहेको भन्दै उनले नेपाललाई जहिले पनि सहयोग गर्न इजरायल तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

corrent noodles
Metro Mart

युवा कूटनीतिज्ञ सन्तोष साहले संयुक्त राष्ट्र संघका विभिन्न फोरमहरुमा नेपालले इजरायलको विरुद्ध भोट हालेको दृष्टान्त प्रस्तुत गर्दै यसले दुई देशबीचको सुमधुर सम्बन्धमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरे। नेपालको भोट कतै बिक्री त भइरहेको छैन भन्ने शंकासमेत शाहले व्यक्त गरेका थिए।

राजदूत गोडेरले पनि इजरायल र नेपालबीचको सम्बन्ध दुई रुपमा स्थापित भएको बताए। उनले भने, ‘पहिलो द्विपक्षीय सम्बन्ध हो, जुन दुई मुलुकबीच अत्यन्तै राम्रो छ। दोस्रो भनेको बहुपक्षीय सम्बन्ध हो, जुन संयुक्त राष्ट्र संघको न्यूयोर्क र जेनेभाको मानव अधिकार समितिले जोडेको सम्बन्ध हो। अब द्विपक्षीय र बहुपक्षीय सम्बन्ध नेपालको यूएन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा मतदान गर्ने शैलीमा पनि एउटै हुनु पर्ने समय आएको छ।’

इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो। अहिले लाजिम्पाटमा रहेको दूतावास ६० वर्षदेखि निरन्तर एकै स्थान र घरमा छ। १९६० मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गरेका थिए। 

इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ। 

प्रकाशित: Mar 19, 2021| 14:12 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।