शनिबार, वैशाख ८, २०८१

पुरुषसँग प्रतिस्पर्धा गर्न आफैं सक्षम हुनुपर्छ

'गन्दा चार वर्ष धेरैजस्तो लाग्छ। तर व्यस्तताकै कारण समय बितेको पत्तै पाएकी छैन। जति काम गरिएको छ, म सन्तुष्ट छु।’ 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

पोखरा– कम बोल्ने, सार्वजनिक कार्यक्रममा त्यति सहभागी नहुने तर राजनीतिमा सक्रिय मञ्जु गुरुङसँग जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव थिएन।

triton college

मञ्जु चार वर्षअघि पोखरा महानगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनेबित्तिकै धेरैको मनमा लागेको थियो– मञ्जुको कार्यसम्पादन के प्रभावकारी होला र?

तर अहिले मञ्जुले उपप्रमुखको जिम्मेवारीमा कुनै प्रश्नचिश्न नउठ्ने गरी कार्यसम्पादन गरिरहेकी छन्। उनका काम पनि कमै विवादित छन्। 

उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘उपप्रमुख मञ्जुले सकेसम्म विवाद नआउने गरी काम फत्ते गरेकी छन्।’

अधिकांश स्थानीय तहमा सेवासुविधाका कारण विवाद हुन्छ। भौगोलिक हिसाबमा देशकै ठूलो महानगर पोखराकी उपप्रमुख मञ्जुले सुरुदेखि नै गाडी सुविधा पाइन्। 

corrent noodles
Metro Mart

उनलाई अन्यत्रजस्तो कसैको लिफ्ट मागेर ओहोरदोहोर गर्नुपर्ने अवस्था रहेन। अरू विषयमा पनि समन्वय गर्दै अघि बढिन्।

कस्तो रह्यो त चारवर्षे अनुभव? मञ्जु भन्छिन्, ‘गन्दा चार वर्ष धेरैजस्तो लाग्छ। तर व्यस्तताकै कारण समय बितेको पत्तै पाएकी छैन।’ 

मञ्जु कानुनलगायत विभिन्न अड्चनले कतिपय काम गर्न नसकेको गुनासो गर्छिन्। भन्छिन्, ‘जति काम गरिएको छ, म सन्तुष्ट छु।’ 

करिब दुई दशक कर्मचारीकै भरमा चलेको महानगरपालिकाको अवस्था भद्रगोल थियो। 

सुरुको वर्ष त संरचना व्यवस्थित गर्नमै बित्यो। जनप्रतिनिधिहरू दोस्रो वर्षमा ऐननियम बनाउन केन्द्रित भए।  तेस्रो वर्ष कामले तीव्र गति लिनुपर्ने थियो। तर कोरोना महामारी बाधक बनिदियो। 

मञ्जु भन्छिन्, ‘चौथो वर्षमा रफ्तारले काम भइरहेको छ। सुरु भएका धेरै काम यो वर्ष सकिन्छन् र राम्रा काम सुरु हुन्छन्।’ 

पहिलाको शासकीय प्रणालीमा उपप्रमुखको काम प्रमुखको अनुपस्थितिमा उसको जिम्मेवारी सम्हाल्ने हुन्थ्यो। तर अहिले न्यायिक समिति, राजस्व परामर्श समिति, योजना तर्जुमा, अनुगमन, महिला, बालबालिकालगायतका समितिको संयोजक भएर काम गर्नुपर्ने हुन्छ। 

‘पाएको जिम्मेवारी राम्रोसँग पूरा गर्ने हो भने पोखरा महानगरमा कम्तीमा तीन वटा उपप्रमुख चाहिन्छ’, मञ्जुले भनिन्। 

आफूले गरिरहेको काममा भने मञ्जु सन्तुष्ट छिन्। महानगरका धेरै नीति, ऐन निर्माणमा प्रदेश र संघले निर्णय नगर्दा अलमलमै रहेको उनको भनाइ छ।

देश संंघीयतामा गइसकेपछि नगर प्रमुख र उपप्रमुखमध्ये एकजना अनिवार्य रूपमा महिला हुनुपर्ने व्यवस्थाका कारण उनलाई एमालेले चुनावी मैदानमा उतारेको थियो। 

उपप्रमुख मञ्जु भने महिलालाई आरक्षण दिएकोमा त्यति सन्तुष्ट छैनन्। उनी भन्छिन्, ‘चार वर्षसम्म उपप्रमुख भएर काम गर्दा आफैं सक्षम भएर पुरुषसँग प्रतिस्पर्धा गरी अघि बढ्नुपर्नेरहेछ भन्ने महसुस भयाे।’ 

आफूले पाएको जिम्मेवारी क्रमिक रूपमा पूरा गर्दै आएको उनको दाबी छ। मञ्जु भन्छिन्, ‘काम बढी भएका कारण कुनै पनि औपचारिक कार्यक्रममा जान भ्याइँदैन।’ 

न्यायिक समितिको काम सबैभन्दा चुस्त रहेको दाबी उनको छ। त्यसका लागि २९ वटा वडामा मेलमिलाप केन्द्र गठन गरिएको छ। १६४ मेलमिलापकर्ता छन्। मेलमिलाप केन्द्रमा सहायता कक्ष स्थापना भएका छन्। 

राजस्व परामर्श, योजना तर्जुमा, अनुगमन, महिला, बालबालिका, अपांगता लगायत क्षेत्रमा पनि सक्दो काम गरिरहेको उनी बताउँछिन्। 

काम गर्न संघ र प्रदेश सरकारले कानुन निर्माणमा सहयोग नगरेको उनको गुनासो छ। मञ्जु भन्छिन्, ‘केही कानुन भने दुवैतर्फ बाझिने गरी बनाउँदा समस्या भएको छ।’

चुनावका बेला अन्य उम्मेदवारले जस्तै उनले पनि मतदातासँग धेरै काम गर्छौं भनेर प्रतिबद्धता जनाएकी थिइन्। 

मञ्जु भन्छिन्, ‘चुनावका बेला यो पनि गर्छु, त्यो पनि गर्छु भनियो। नेतृत्वमा पुगेपछि विभिन्न ऐनकानुन लगायत धेरै कुराले छेक्दो रहेछ, सोचेजस्तो कामचाहिँ भएको छैन।’ 

सुरुमा केही अलमलमा परे पनि अहिले धेरै काम गरिसकेको उनी दाबी गर्छिन्। आफूले गरेको कामले अबको नेतृत्वलाई सजिलो हुने उनको तर्क छ। 

‘मलाई दिएको जिम्मेवारीअनुसार सबैको खाका तयार भइसकेको छ’, मञ्जु भन्छिन्, ‘कार्यविधि बनिसकेको छ, त्यसलाई अगाडि बढाउने मात्र हो।’

प्रकाशित: Mar 16, 2021| 08:16 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।