शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिन्धुपाल्चोकका विद्यार्थी प्रभु बैंकको अवलोकन भ्रमणमा

सिन्धुपाल्चोकका विद्यार्थी प्रभु बैंकको अवलोकन भ्रमणमा

 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सिन्धुपाल्चोक जिल्ला तालमराङ गाउँपालिकास्थित तेर्से माध्यमिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित प्रभु बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता हासिल गरेका छन्। 

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन–सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ५० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ५ समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो ।

स्थलगत अवलोकनका क्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुभ्mने गरी प्रकाश पारेका थिए। उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु राखेका थिए । 

प्रकाशित: Mar 15, 2021| 05:47 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्