बिहीबार, वैशाख १३, २०८१

यसरी सुरु हुँदैछ नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग

देशभरका सात सहरको प्रतिनिधित्व गर्दै आगामी वैशाख ११ देखि दशरथ रंगशालामा सुरु हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – देशभरका सात सहरको प्रतिनिधित्व गर्दै आगामी वैशाख ११ देखि दशरथ रंगशालामा सुरु हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो। तीन वर्षअघि योजना बनाएर अघिल्लो वर्ष सुरु गर्ने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण हुन नसकेपछि आउँदो वैशाखमा सुरु हुन लागेको हो।

triton college

लिगमा विराटनगर फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटबल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब सहभागी हुँदैछन्।

खेलकुद क्षेत्रमा व्यापारिक घरानियाँ परिवारको उपस्थिति नदेखिएको चर्चा चलिरहने खेल वृत्तमा अहिले भने बलियो उपस्थिति रहेको चर्चा सुरु हुन थालेको छ। किनभने देशकै प्रख्यात उद्योगपति तथा व्यापारिक घरानाको नाम हुन लागेको फ्रेन्चाइज लिगसँग जोडिएको छ।

विराटनगर क्लबका अध्यक्ष नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक अनुप भट्टराई हुन्।

काठमाडौं रेजर्स टिमलाई यामाहा नेपालले लिएको छ। यामाहाका सीईओ चिरन्जिवी शाह हुन्।

corrent noodles
Metro Mart

ललितपुरको क्लबलाई देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीले लिएको छ। 

ग्लोबल आइएमई ग्रुपका मालिक चन्द्र ढकाल र हेमराज ढकालले चितवनको क्लबलाई सपोर्ट गरेका छन्। 

त्यसैगरी पोखरा थन्डर्स लक्ष्मी ग्रुपको मातहतमा रहने भएको छ। लक्ष्मी ग्रुप हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो। यो ग्रुपका समृद्धि स्टिल्स, सुजल फुड्सलगायत अरु थुप्रै कम्पनी छन्।

प्रतियोगितामा सहभागी अर्को क्लब बुटवल राजकुमार तिम्सिना अध्यक्ष रहेको इभेन्ट कोड प्रालिको मातहतमा छ। पेवेल प्रालिका संस्थापक निर्देशक तथा चिलिमे, रसुवागढी र आरएमडीसी लघुवित्तका निर्देशक रहेका भीम तिम्सिना पनि ग्रुपमा जोडिएका छन्।

खेलवृत्तमा परिचित सुवास शाहीले धनगढीको टिम लिएका छन्। सुदूरपश्चिम एकेडेमीका प्रबन्ध निर्देशक शाहीले धनगढी प्रिमियर लिग गराउँदै आएका छन्।

के भन्छन् क्लबका मालिक ?

अनुप भट्टराई, विराटनगर सिटी फुटबल क्लब

सुपर लिग गर्ने विचार निकै राम्रो हो। त्यसमा पूर्वको तराई क्षेत्रमा फुटबलको राम्रो प्रभाव छ। यसको भविष्य पनि राम्रो रहेको आकलन गर्दै क्लब लिएका हौं। हामी यो लिगमा सहाभागी बन्न पाएकोमा निकै खुसी छौं। हामी फुटबललाई तराईको संस्कृतिसँग जोड्न चाहन्छौं।

चिरञ्जिवी शाह, काठमाडौं रेजर्स

धेरै खुसी छौं, आयोजना निकै प्रोफेसनल छ। यामाहा आफैंमा एक स्पोर्टी ब्रान्ड हो। त्यसैले हामी खेलसँग सधैं जोडिन चाहन्छौं। हाम्रो पार्टनरसिप निकै फाइदाजनक होला।

कामना गुरुङ, भाटभटेनी निर्देशक (ललितपुर सिटी)

लिगमा सहभागी हुन पाएकोमा एकदमै खुसी छौं। आयोजकलाई धन्यवाद दिन चाहन्छौं र प्रतियोगिताको सफलताको आशा गर्छाैं।

हेमराज ढकाल, चितवन

यो नयाँ प्ल्याटफर्मको लागि धेरै धन्यवाद। नेपालमा खेल संस्कृतिको विकास भइसकेको छैन। हामी मिलेर गर्नुपर्छ। फुटबल विश्वकपमा पनि अरुका देशलाई आफ्नो देश मानेर हेर्नुपर्छ।

आफ्नो देश पनि विश्वकपमा पुगेको हेर्न पाइयोस्। किन चितवन रोजियो भने यो एउटा जिल्लामात्र नभएर देशभरीका मनिसको प्रतिनिधित्व गर्ने ठाउँ हो। यो आफैंमा एक ब्राण्ड पनि हो।

निराकार श्रेष्ठ, पोखरा थन्डर्स

लक्ष्मी ग्रुप पछिल्लो दशकदेखि खेलकुदमा जोडिन चाहेको हो। पोखरामा स्थापना भएको ग्रुप हो यो। हामी पोखरालाई प्रवर्द्धन गर्नका लागि क्लबको नाम नै पोखरा राखेका छौं।

राजकुमार तिमल्सिना, बुटवल लुम्बिनी

क्लबको प्रतिनिधित्व गर्दै सहभागी जनाउन पाएकोमा निकै गर्व लागेको छ। यो क्लबमा इन्स्योरेन्सको पनि प्रतिनिधित्व छ।

बुटवलमा ठूलो रंगशाला रहेको र सो क्षेत्रमा फुटबलको आकर्षण बढ्दै गएकाले हामीले सो क्षेत्र रोजेका हौँ। खेलको दौरानमा आयोजकका तर्फबाट निर्धारित गरिएको नियम अनुशासित रुपमा पालना गर्नेछौं आयोजकलाई पूर्ण सहयोग गर्नेछौं।

सुवास शाही, धनगढी

स्पोर्टस्लाई शक्तिशाली उद्योगका रुपमा विकास गर्न जरुरी छ। हामी लामो समयदेखि क्रिकेटमा जोडिएका छौं। आज फुटबलमा पनि आइपुगेका छौं। असम्भव केही पनि छैन। अझ आयोजक टिम निकै उत्कृष्ट छ। सफलताको शुभकामना दिन चाहन्छु। 

प्रतियोगिता कसरी हुन्छ ?

लिग फुटबल नै चर्चामा रहेको विश्व फुटबलमा फ्रेन्चाइज प्रतियोगितालाई नयाँ फर्म्याटको रुपमा बुझिन्छ। लिग भइरहँदा फुटबल खेलाडी अन्य क्लबमा जोडिने हुँदा फ्रेन्चाइजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विन्डो ओपन गर्ने भएको छ।

‘विन्डोका दौरान खेलाडी रिलिज गर्ने जिम्मेवारी एन्फाले लिनेछ,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘प्रतियोगिताको सम्पूर्ण प्रविधिक जिम्मा एन्फाले लिनेछ। निजी आयोजकको कार्यक्रम भए पनि एन्फाकै कार्यक्रम जसरी हामी गर्नेछौं।’

उद्योग क्षेत्रलाई पहिल्यैबाट फुटबलमा भित्र्याउनुपर्छ भन्ने सोचले आज यहाँसम्म आइपुगेको अध्यक्ष शेपाले बताए। उनले भने, ‘खेलाडीलाई व्यावसायिक बनाउनका लागि यो लिग निकै आवश्यक थियो। यो वर्ष एकै मैदानमा भए पनि अर्को वर्षदेखि होम एन्ड अवेको आधारमा लिग हुनेछ।’

लिगमा सहभागी सात टिमले सिंगल राउन्ड रोविन शैलीमा लिग चरण खेल्नेछन्। साथै शीर्षस्थानका दुई टिमले पहिलो क्वालिफायर खेल्नेछ। क्वालिफायरको विजेता फाइनलमा प्रवेश गर्नेछ।

त्यस्तै लिग चरणका तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्नेछ। इलिमिनेटरमा पराजित टिम बाहिरिने छ भने विजेता टिमले पहिलो क्वालिफायरको टिमसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

पहिलो र दोस्रो क्वालिफायरको विजेता टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिता वैशाख ११ बाट २५ गतेसम्म चल्नेछ। लिगमा २५ खेल हुनेछन्।

प्रकाशित: Mar 15, 2021| 03:31 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।