बुधबार, वैशाख १२, २०८१

यी फिल्म र सिरिज, जो आपत्तिजनक सिनका कारण विवादमा मुछिए 

विवादित सिरिज र फिल्म कुन–कुन हुन्?
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा जनवरीमा रिलिज भएको सिरिज तान्डवलाई लिएर भएको विवाद अहिले पनि जारी छ। 

triton college

यो विवादलाई ध्यानमा राखेर प्राइमले वेव सिरिज द फ्यामिली म्यानको दोस्रो सिरिजको रिलिज स्थगित गरेको छ। जुन सिरिज फेब्रुअरीमा रिलिज हुने भनिएको थियो। अहिले यो सिरिजका केही सिन पुनः छायांकन भइरहेको बताइएको छ।  

तर फिल्म र सिरिजलाई लिएर विवाद भएको यो पहिलो पटक भने होइन। योभन्दा पहिला पनि धेरै फिल्म र सिरिज विवादका कारण चर्चामा आएका थिए। ती विवादित सिरिज र फिल्म कुन–कुन हुन्?

तान्डव (२०२१)

विवादित फिल्म र सिरिजको यो सूचीको पहिलो नम्बरमा तान्डव आउँछ। यो सिरिजको विवादका बारेमा भारतका विभिन्न स्थानमा उजुरीसमेत दर्ता गराइएको छ। सिरिजबाट विवादित सिनसमेत हटाइएको छ।

corrent noodles
Metro Mart

तान्डवको पहिलो भागमा एक्टर जीशान अय्युब युनिभर्सिटीको फक्सनमा भगवान शिवको भेषमा देखिएका छन्। उक्त भेषमा उनले विद्यार्थीलाई सम्बोधन गर्दै कसरी स्वतन्त्रता पाइन्छ भनेर बताएका छन्।

उनी मन्चमा आउने बित्तिकै कार्यक्रम संचालकले भन्छन्, प्रभु केही गर्नुहोस्। रामजीका फलोअर्सले भन्छन्, ‘कुनै नयाँ रणनीति बनाउन आवश्यक छ।’ शिवको रुपमा देखिएका अय्युबले भन्छन्, ‘म के गरुँ तस्वीर परिवर्तन गरिदिऊ त?’ यो सिन हेरेर मानिसहरु भड्किएका थिए र सिरिजमाथि प्रतिबन्ध लगाउनुपर्ने मागसमेत उठेको थियो। सिरिजका निर्माताविरुद्ध उजुरीसमेत दर्ता भएको थियो।

मिर्जापुर २ (२०२०)

ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सन् २०२० मा रिलिज भएको वेव सिरिज मिर्जापुरको दोस्रो सिजनसमेत विवादित बनेको थियो। सिरिजको पहिलो सिजन सन् २०१८ मा रिलिज भएको थियो। यसको दोस्रो सिजनपछि उजुरी परेको थियो। 

सिरिजिले मिर्जापुर र त्यसको धार्मिक, सामाजिक र क्षेत्रीय भावनामा ठेस पु¥याएको उजुरीमा उल्लेख गरिएको थियो। सामाजिक वैमनस्य फैलाउने काम भएको र त्यसले धार्मिक भावनामा ठेस पुगेको उजुरीमा उल्लेख थियो। यसका साथै सिरिजमा गाली गलौज र नाजायज सम्बन्धसमेत देखाइएको छ। सोही कारण सिरिजमाथि प्रतिबन्ध लगाउने मागसमेत उठेको थियो। 

पद्मावत (२०१८)

सन् २०१८ मा निर्देशक संजय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतसमेत विवादको घेरामा थियो। फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर लिड रोलमा थिए। करणी सेनाले पूरै भारतमा फिल्म रिलिजमा रोक लगाउनुपर्ने मागसहित विरोध प्रदर्शन गरेको थियो। दर्शकले फिल्ममा धेरै तथ्यलाई गलत तरिकाले देखाइएको र त्यसले राजपूत समुदायलाई गलत देखाउने कोसिस गरेको आरोप लगाएका थिए। विवादमा आएपछि फिल्मका केही सिजन र टाइटलसमेत परिवर्तन गरिएको थियो।

उड्ता पन्जाब (२०१६) 

सन् २०१६ मा आएको फिल्ममा पन्जाबमा ड्रग्स सेवन बढ्दोरुपमा रहेको देखाइएको थियो। जसका कारण दर्शकले फिल्मप्रति आपत्ति जनाएका थिए। फिल्मले पन्जाबको छवि खराब देखाइएको आरोप लागेको थियो। विवादलाई ध्यानमा राखेर सेन्सर बोर्डले ९४ कट र १३ करेक्सन गरेपछि फिल्मलाई ए सर्टिफिगेट दिएको थियो। उक्त सुधारपछि फिल्म रिलिज भएको थियो।

गोलियो कि रास लिला राम लिला (२०१३)

सन् २०१३ मा फिल्म गोलियो कि रास लिला राम लिला रिलिज भएको थियो। फिल्मको निर्देशन संजय लिला भन्सालीले गरेका थिए। यो फिल्मको टाइटल पहिला रामलिला मात्रै राखिएको थियो। 

रामलिलाको लभस्टोरीलाई हिन्दू समुदायले आपत्ति जनाएका थिए। केही मानिसले फिल्मका निर्देशक संजय लिला भन्सालीमाथि हिन्दूहरुको भावनामा ठेस पुर्‍याएको आरोप लगाउँदै फिल्म रिलिज रोक्नुपर्ने माग राखेका थिए। 

यति मात्रै होइन क्षेत्रीय समुदायका व्यक्तिले गलत छवि देखाएको भन्दै नराबाजीसमेत गरेका थिए। जसका कारण समुदायको नाम परिवर्तन गरेर रजाडी र सनेणा बनाइएको थियो।

अमर उजालाबाट 


 

प्रकाशित: Mar 11, 2021| 08:36 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्