काठमाडौं– काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।
बाग्मती प्रदेशबाट खेलिरहेका उनले १२२ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन्। यससँगै कीर्तिपुर मैदानमा जारी खेलमा बाग्मती ४० ओभरमा १८१ रन बनाएर खेलिरहेको छ।
पछिल्ला दश खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका पासरले आजको खेलमा सानदार ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्। जारी मेयर्स कपमा यो दोस्रो सतक हो।