शनिबार, वैशाख ८, २०८१

ईसीडी शिक्षकलाई प्राविसरह तलब दिने सरकारको तयारी

सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं– सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। 

triton college

लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रावि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख विदुरराज गिरीले जानकारी दिए।

उनले भने, ‘अहिले पनि विद्यालयमा ईसीडीका शिक्षकको तलब र सेवासुविधा निकै कम छ। यसलाई बढाउन उनीहरुले पनि माग गर्दै आएका छन्। माग भएअनुसार नै गर्ने कि भन्ने विषयमा छलफल भएको हो।’ ईसीडीका शिक्षकलाई प्रावि सरह तलब दिन कम्तिमा कक्षा १२ उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ।  

शिक्षक दरबन्दी नहुने र स्थानीय स्रोतबाट परिचालन गर्दै आएका शिक्षकलाई पनि तलब, सेवा सुविधा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ।  
 

प्रकाशित: Mar 10, 2021| 11:36 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्