टाउकोमा झण्डै फुटबलकै आकारको ट्युमर पलाएकी एक चार वर्षीया बालिकाले नयाँ जिवन पाएकी छिन् । भारतको उत्तरप्रदेशकी रेनु नामकी ती बालिकाको टाउकोबाट ट्युमर निकाल्न डाक्टरहरु सफल भएका हुन् ।
साढे पाँच पाउण्ड तौलको उक्त ट्युमर जुनसुकै बेला पनि फुट्न सक्ने खतरा थियो र दिनानुदिन बढ्दै थियो । ट्युमर फुटेमा ती बालिकाको रक्तश्रावका कारण ज्याने जाने जोखिम थियो ।
जन्मिँदा निकै सानो फोका मात्र उनको टाउकोमा थियो जसलाई बाबुआमाले खासै ध्यान दिएनन् । तर उनको उमेर बढ्दै जाँदा त्यो ट्युमरको आकार पनि बढ्दै गयो । उक्त ट्युमरमा सामान्य रुपमा छुँदा पनि उनलाई निकै पीडा हुन्थ्यो र उनी सुत्न पनि सक्दिनथिन् ।
रेनुको शल्यक्रिया गरेर ट्यमुर हटाउन महंगो पर्थ्यो, जुन पैसा उनको परिवारसँग थिएन । तर कुनै अपरिचितले उनको त्यो दर्दनाक तस्वीर खिचेर सोसल मिडियामा हालिदिए । जुन सामाजिक सञ्जालमा निक्कै भाइरल बनेको थियो ।
टाउकोमा पलाउने यस्तो ट्युमरलाई चिकित्सा भाषामा जाएन्ट अस्सिपिटल इन्सेफ्यालोसेल भनिन्छ । विश्वमा अहिलेसम्म केवल दुइजनामा मात्र यस्तो ट्युमर देखा परेको पाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४