बिहीबार, वैशाख १३, २०८१

प्रदेश प्रमुख झाले सुझावसहित फिर्ता पठाए दुई विधेयक 

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणीकरणका लागि पठाइएको दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन्। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले प्रमाणीकरणका लागि पठाइएको दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन्। 

triton college

झाले स्वास्थ्यसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन्। 

प्रदेशमा आफ्नै स्वास्थ्य सम्बन्धी कानुन बनाउन सामाजिक विकास मन्त्रालयले तयार पारेको स्वास्थ्यसम्बन्धी व्यवस्थापना गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।

यद्यपि प्रदेश प्रमुख झाले विधेयकमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै फिर्ता पठाएका हुन्। 

विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्त्वपूर्ण विषय  नसमेटिएकाले सो विधेयक फिर्ता पठाएको प्रदेश प्रमुख झाले बताए। 

corrent noodles
Metro Mart

उनले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत फिर्ता पठाएका छन्। विधेयकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वलाई प्रदेश सरकारले पदकबाट सम्मानित गर्ने व्यवस्था गरिएको छ।

तर कृषिको प्रधानता रहेको प्रदेश २ मा किसान लगायतका वर्गलाई नसमेटिएकाले विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सरकारले पदक बाँड्नका लागि चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ। 

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विधेयक फिर्ता भएको सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए।

प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझावसहित बढीमा दुई पटक मात्रै फिर्ता पठाउन सक्ने उनको भनाइ छ। प्रदेश २ मा अहिलेसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएर ऐन बनेको छ।

यद्यपि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयनमा आउन सकेको छैन।

प्रकाशित: Mar 10, 2021| 06:48 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।