शनिबार, वैशाख ८, २०८१

४२ सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पढाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा डडेल्धुराका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् । 

स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका दुर्इ सय ४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिकसत्रमा ४२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएको हो । 

यो शैक्षिकसत्रबाट नै अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ भने भागेश्वरका गाउँपालिकामा रहेका ३० मध्ये नमूनाका रुपमा यो शैक्षिकसत्रबाट आठ विद्यालयका साथै परशुराम नगरपालिकाका ६४ विद्यालयमध्ये दुई वटामा अंग्रेजी भाषामा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी दिए । 

गाउँपालिकामा निजी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बालबालिकालाई अभिभावकले समुदायिक विद्यालयमा भर्ना गर्न छाडेका थिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले त्यहाँ अंगे्रजी माध्यमबाट पढाउन शुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं २ का वडाध्यक्ष शिवराज भट्टले जानकारी दिए । 

अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंग्रेजी माध्यमबाट पढाउनका लागि तालीमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए । 

पछिल्लो समयमा सरकारी तथा सामुदायिक विद्यालयमा पढाइको गुणस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकारले प्रयास गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालीम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्न प्रयास भइरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी दिए । 

उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिकसत्रमा नमूनाका लागि आठ वटा विद्यालयलाई छनोट गरी हरेक विद्यालयलाई एक लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ । 

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ थियो । अभिभावकले निजीविद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयका बालबालिकाको संख्या घटिरहेको भागेश्वर-४ बगरकोटका बासिन्दाले बताए । 
शिक्षकले मिहेनत र अनुशासित भई बालबालिकालाई पढाउने हो भने पहिलो शैक्षिकसत्रमा नै राम्रो सुधार आउने अभिभावकको भनाइ थियो । 

अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरुको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयबाट नै पाउने निर्वाचित जनप्रतिनिधिले जनाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।