बुधबार, वैशाख ५, २०८१

अभिनेता शेखरको ‘अर्जुन रेड्डी’ बन्ने हुटहुटी

दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले नेपालमा स्ट्रगल गरिरहेका कलाकारहरुमा एउटा छुट्टै उर्जा छाएको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले नेपालमा स्ट्रगल गरिरहेका कलाकारहरुमा एउटा छुट्टै उर्जा छाएको छ। यसको कारण हो अर्जुन रेड्डीको नेपाल रिमेकका लागि कलाकारको अडिसन।

triton college

अडिसनबाट कलाकार छनोट हुने भएपछि आफूसँग भएको क्षमता प्रदर्शन गरेर अभिनय गर्न पाइने विश्वासमा कलाकारहरु छन्। यही भिडमा सबैभन्दा बढी आशावादी भएर ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा आफूलाई उभ्याउन लागिपरेका छन् अभिनेता शेखर सुवेदी।

नेपालमा अरु क्षेत्रका ट्यालेन्टका लागि यस्ता थुप्रै प्लाटफर्म भए पनि सिने क्षेत्रका लागि कहिलेकाँही हुने यस्तै अडिसनहरु मात्रै आफ्नो क्षमता देखाएर छनोट हुने अवसर हुन्।

तर अहिलेसम्म नेपालमा राम्रो चलेका कुनै पनि चलचित्रले अडिसनबाट कलाकार छनोट गरेको पाइएको छैन। पछिल्लो पटक प्रेमगीत–३ ले अडिसनबाट कलाकार छनोट गरेको थियो तर त्यो चलचित्र प्रदर्शनमा आइसकेको छैन।

अन्य चलचित्रहरुले देखाउनका लागि अडिसन गर्ने गरेको जस्तो मात्र देखिन्छ। यसपटक भने हिन्दी रिमेकमा कबीर सिंहका रुपमा आएको दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेकको अडिसन कलाकारका लागि ‘अवसर’ बन्ने विश्वास अभिनेता सुवेदीको छ।

corrent noodles
Metro Mart

‘यसअघि पनि मैले थुप्रै अडिसन दिएको छु तर अडिसन चाँहि औपचारिकताका लागि मात्रै हुने तर कलाकार अर्कै बाटोबाट सम्झौता गर्ने गरेको पाएँ, यसपटक यो चर्चित प्रोजेक्ट भएकाले अडिसनबाटै कलाकार छनोट हुने विश्वासमा छु’ सुवेदीले भने, ‘त्यसैले म अडिसन दिने तयारीमा जुटेको हुँ’

अडिसनका लागि कलाकारलाई तोकिएको उमेरलगायतको मापदण्ड अनुसार आफू फिट रहेको उनको दाबी छ। ‘फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ’ उनी भन्छन्, ‘म यो अर्जुन रेड्डीको भूमिकाका लागि उपयुक्त छु भनेरै अडिसनको तयारीमा जुटेको हुँ।’

उनले नेपालमा चर्चामा रहेका कलाकारहरु अडिसनका लागि नजाने र नयाँ अनुहार खोजी गरिरहेको निर्माण टोलीलाई दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास व्यक्त गरे।
केही नेपाली चलचित्रमा अभिनय गरिसकेको भए पनि सुवेदी मुख्य भूमिकामा देखिएका छैनन्। त्यसैले उनी आफू नव नायकका रुपमा अडिसनबाट छनोट हुनेमा विश्वस्त छन्।

फेशन शोबाट चलचित्र क्षेत्रमा छिरेका उनले अभिनयमा डिप्लोमा गरेका छन्। गाजाबाजा, निर्भय, चीँ मुसी चीँ लगायतका फिल्म र एक दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरेका उनी ट्यालेन्टका आधारमा कलाकार छनोट गर्ने परम्परा फिल्म क्षेत्रमा बस्नुपर्नेमा जोड दिन्छन्।

तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने चर्चा गत वर्ष नै भए पनि कोरोना भाइरसको महामारीका कारण काम हुन सकेको थिएन। निर्माण टिमले केही समयअघि मात्रै अडिसन खुलाएको छ। अडिसनबाट मुख्य अभिनेता, अभिनेत्री र अन्य केही कलाकार छान्ने बताइएको छ। 

आशिष श्रेष्ठ र केशव खड्काले निर्माण गर्ने नेपाली रिमेक चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्।

सन्दीप रेड्डी भङगले निर्देशन गरेको तेलगू चलचित्र ‘अर्जुन रेड्डी’मा विजय देवरकोन्डाले अभिनय गरेका छन्। कबिर सिंहका रुपमा आएको हिन्दी रिमेकमा साहिद कपुरको मुख्य भूमिका छ।

No description available.

प्रकाशित: Mar 06, 2021| 12:29 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्