शनिबार, वैशाख ८, २०८१

चिकित्सा शिक्षासहित चार अध्यादेश पारित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकबाट चिकित्सा शिक्षासहित चार अध्यादेश पारित भएका छन् । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधनसहित) अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धि अध्यादेश पारित भएका हुन् । 

बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गरेभने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । 

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ समेत संसदबाट पारित भएकाछन् । 

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५/७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

मन्त्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । दिगो विकास लक्ष्य प्राप्तिका लागि अगामी कार्यक्रम केन्द्रीत रहने बताउँदै अर्थमन्त्री खतिवडाले गरिबी निवारण गर्दै आर्थिक समृद्धि हासिल गरिने बताए ।
 
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा सदनलाई जानकारी गराईएको छ । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनका समकक्षी भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमणका लागि आउने जानकारी गराए । 

वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम छ  । सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका बिषयमा कुराकानी हुने र संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । 

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुहुने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुबै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।