शुक्रबार, वैशाख ७, २०८१

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

बीएससी सीएसआईटी कस्तो कोर्स हो?

triton college

यो सूचना  प्रविधिसँग जोडिएको विषय हो। कम्प्युटरको ज्ञान बढाउन सीएसआईटीको अह्म् भूमिका हुन्छ। सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।

सीएसआईटीले प्रोग्रामिङ, कम्प्युटर प्रणालीको प्रयोगको बारेमा सैद्धान्तिक र व्यवहारिक जानकारी दिन्छ। सूचना प्रविधिको क्षेत्रमा भएका प्रयोगको विषयमा यसले जानकारी मात्रै दिंदैन समस्या समाधान गर्न पनि पहल गर्छ।

सीएआईटी अध्ययन पश्चात रोजगारीका क्षेत्र र अवसर के छन्?

सूचना प्रविधिको प्रयोग हुने सम्पूर्ण क्षेत्रमा रोजगारीका अवसर छन्। विद्यार्थीले अध्ययन पश्चात सरकारी र गैरसरकारी संस्थामा रोजगारीको अवसर पाउनुका साथै सफ्टवेयर डेभलपमेन्ट कम्पनी र कम्प्युटर नेटवर्किङ कम्पनीमा माग हुन्छ। 

corrent noodles
Metro Mart

निजी तथा सार्वजनिक जनसरोकारका क्षेत्रमा आईटी एक्सपर्टको रुपमा काम पाउँछन्। उनीहरू सिस्टम एनालिसिस्ट, डेटाबेस एड्मिनिस्ट्रेटर, नेटवर्क एड्मिनिस्ट्रेटर, आईटी म्यानेजर, आइटी कन्सल्ट्यान्ट, ग्राफिक डिजाइनर लगायतका काममा निपुण हुन्छन्।

सीएसआईटीका जनशक्तिले काम गर्ने भनेको मोबाइल एप डेभलपमेन्ट, वेब एप्लिकेसन डेभलपमेन्ट, गेमिङ, ई–कमर्स, आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा एनलाईसिस, डेटा मिनिङ, मेसिन लर्निङलगायतका क्षेत्र हुन्। बीएससी सीएसआईटीका उत्पादनसँग आधुनिक आईटी स्किल हुन्छ। 

सीएसआईटी अध्ययन पूर्व विद्यार्थीले के कुरामा ध्यान दिनुपर्छ?

कक्षा ११ र १२ मा फिजिक्स र गणित विषय लिई न्यूनतम ‘सी’ ग्रेड वा दोस्रो श्रेणी ल्याई उत्तीर्ण भएको हुनुपर्छ। ए लेभल अध्ययन गरेका विद्यार्थीले सबै विषयमा ‘डी’ ग्रेड ल्याएको हुनुपर्छ। सीटीईभीटीबाट तीन वर्षे डिप्लोमा अध्ययन गर्नेले गणित र फिजिक्समा दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्छ।

बीएससी सीएसआईटीको पाठ्यक्रममा कस्ता विषय समावेश गर्दा अझ बढी व्यावहारिक होला?

सीएसआईटीको पाठ्यक्रम समयानुकूल परिवर्तन हुँदै आएको छ। २०७४ को परिमार्जित पाठ्यक्रममा केही विषय हेरफेर गरिएका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स, सिमुलटेसन एण्ड मोडलिङ, ई–कमर्सजस्ता विषयले यसको पाठ्यक्रम बलियो छ। 

पाठ्यक्रमले बजारको मागलाई पनि ध्यान दिएको छ। सामाजिक र व्यवस्थापनतर्फका केही विषयलाई समावेश गर्न सकियो भने उपयुक्त हुन्छ की जस्तो लाग्छ।

अन्य आईटी कोर्सभन्दा बीएससी सीएसआईटी के फरक छ? 

सीएसआईटी एकेडेमिक मात्र नभएर ‘प्रोफेसनल’ कोर्स हो। त्यसैले यसमा प्रोग्रामिङ र ननप्रोग्रामिङ दुवै खाले विषय अध्ययन गर्नुपर्छ। यस्ता विषयले विद्यार्थीलाई बजारमा जान सहज बनाउँछ। 

यो कम्प्युटर साइन्स र आईटीको समिश्रण भएको विषय हो। बीएससी सीएसआईटी अनुसन्धानमा आधारित भएकाले पनि नेटवर्क सेक्युरिटीका कोर विषय यसमा अध्यापन हुन्छन्।

विद्यार्थीले विषय छनोट गर्दा चाहिँ के कुरामा ध्यान दिनुपर्छ? 

आफ्नो रुचि, क्षेत्र, अध्ययन पश्चातका अवसरलगायत कुरा ख्याल गर्नुपर्छ। त्यस्तै अध्ययन गर्ने शिक्षण संस्था, त्यहाँको पूर्वाधार, प्रणाली, व्यवस्थापन र शैक्षिक फ्याकल्टीको बारेमा बुझेर मात्र निर्णय लिनु उचित हुन्छ।

सीएसआईटी अध्ययन गर्ने विद्यार्थीले समृद्धि कलेजलाई किन रोज्ने?

हामीले विद्यार्थीलाई पाठ्यक्रम बाहेकका गतिविधिमा पनि सहभागी गराउँदै लगेका छौं। जसले विद्यार्थी रोजगार बजारमा जाँदा आफूले सिकेका कुरा सजिलै प्रयोगमा ल्याउन सकोस्। 

हामीले उनीहरूलाई बजारसँग जोडिदिने काम गरेका छौं। सेमिनार र सम्मेलनबाट विद्यार्थीको क्षमता अभिवृद्धिमा समृद्धि कलेज कटिबद्ध छ। 

भौतिक शैक्षिक पूर्वाधारसँगै अनुभवी दक्ष शिक्षकद्वारा अध्यापन समृद्धि कलेजको विशेषता हो। समृद्धि कलेजले प्रदान गरेको शैक्षिक गुणस्तर कारण समृद्धि कलेज आम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
 

प्रकाशित: Mar 02, 2021| 07:45 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

बीआईएम : आईटी र व्यवस्थापनको संयोजन 

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) आईटी र व्यवस्थापन मिलेर बनेको बहुआयामिक विषय हो। 
उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

उद्यमी बन्न सिकाउने  ‘बीबीएम’ 

बीबीएमले उद्यमशीलतालाई प्राथमिकता दिएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बताए। 
बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी विश्वभर माग भएको विषय हो : जीवन ढुंगेल

बीएससी सीएसआईटी सूचना प्रविधिको क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सैद्धान्तिक, व्यावहारिक र प्राविधिक पक्षमा पर्याप्त ज्ञान प्रदान गर्ने उद्देश्यले विकसित गरिएको कोर्स हो।
पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्न आवश्यक छ : मधुकर पाण्डे

पाठ्यक्रमलाई बजारसँग जोड्दै माग अनुसारको जनशक्ति उत्पादन गर्ने गरी परिमार्जन गर्दै लैजानुपर्छ। अनुसन्धानमा जोड दिनुपर्छ। पाठ्यक्रम मौलिक बनाउन जरुरी छ। 
आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी पढेपछि बेरोजगार हुनुपर्दैन : गंगा सुब्बा

आईटी असीमित सम्भावना बोकेको क्षेत्र हो। त्यसैले स्वदेश, विदेश दुवैमा आईटी पढेका जनशक्तिको माग बढ्दो छ।