काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा ८७ हजार रुपैयाँ कायम भएको छ।
सोमबार ८८ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज एक हजार ७०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार ७०० रुपैयाँले घटेको छ। तेजाबी सुन सोमबार ८८ हजार २५० मा कारोबार भएको थियो। आज ८६ हजार ५५० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य ४० रुपैयाँले घटेर एक हजार २९० तोकिएको छ।