शनिबार, वैशाख ८, २०८१

नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गयराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

नवलपरासी - पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गयराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

triton college

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो। 

उनका अनुसार दुर्घटनामा ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन्।

ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका-३ बस्ने १८ वर्षीय विश्वास शाही र बबई गाउँपालिका-६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन्। 

corrent noodles
Metro Mart

घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए। रासस

प्रकाशित: Mar 02, 2021| 03:13 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।