शनिबार, वैशाख ८, २०८१

बेमतलबी अभिभावक, बालबालिकाको बिचल्ली, स्कुल बन्यो सहारा

बालविवाहदेखि बहुविवाहसम्मका अनेक समस्याले झेलिएको गाउँमा बालबालिका बेवारिसे हुने क्रम व्याप्त छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

रवीन्द्र काफ्ले
पाँचथर– फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालयमा कक्षा पाँचसम्म पढेकी विद्यालय नजिकै घर भएकी तामाङ परिवारकी एक किशोरीले १४ वर्ष नपुग्दै विवाह गरिन्। 

triton college

फिदिम नगरपालिका–९ लुम्फाबुङका राई परिवारका युवकसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन्। छोरो जन्मिएपछि उनी माइतीमै बसिन्। युवकले माइतीमा बसेकी पत्नी र छोरोलाई छाडेर हिँडे। किशोरी पतिको घर जान सकिनन्। 

उनीहरुबीच सम्बन्धविच्छेद भयो। माइतीमै बसेर छोरो आर्यन राईलाई हुर्काउँदै गरेकी किशोरीको लमजुङ घर भई यहाँ पुल निर्माणका लागि आएका भुजेल थरका एक युवकसँग माया बस्यो। विवाह भयो। 

काखको नानी माइतीमै छोडेर उनी लमजुङ पुगिन्। अनि लमजुङमा अर्को छोरो जन्माइन्। पतिसँगको सम्बन्ध राम्रो नभएपछि माइती फर्किइन् छोरो शिशिर भुजेल च्यापेर।

दुई छोरासहित माइतीमा बसेकी किशोरी पुनःपहिलो पतिसँग आएर बस्न थालिन्। उनीहरुको सम्बन्ध राम्रो हुन सकेन। माइतीमा दुई जना छोरा आर्यन राई र शिशिर भुजेल अलपत्र छाडेर किशोरी रोजगारीका लागि पोखरा पुगिन्। 

corrent noodles
Metro Mart

कमजोर आर्थिक अवस्थाका कारण उनका माइती पक्षले बालकलाई समयमा खाना खुवाउन, विद्यालय पठाउन तथा हेरचाह गर्न सकेनन्। बालक अलपत्र परे। 

जागृति आविले आवासीय विद्यालय सञ्चालन गर्न थालेपछि उनीहरुलाई आवासमा ल्याएर राखियो। अहिले आर्यन राई १० वर्षका भए भने शिशिर भुजेल सात वर्षका। विद्यालयको आवासमा बसेर पढ्दै गरेका शिशिर भुजेलले आफ्नो बाबु देख्न पाएका छैनन्।

सात वर्षकी आयुषा राई विद्यालयको आवासमा बसेर कक्षा एकमा पढ्दैछिन्। आयुषा तेह्रथुमको आठराईमा जन्मेकी थिइन्। उनकी आमाले आर्यन राईका बाबुसँग दोस्रो विवाह गरेपछि उनी फिदिम–९ लुम्फाबुङ आइन्।

आर्यन जन्मिएर मावलीमै रहेका बेला उनका बाबुसँग आयुषाकी आमासँग विवाह गरेका थिए। आयुषा आमासँगै झट्केलो बाबुको घर पुगिन्। केही वर्षमै आयुषाकी आमाले आर्यनका बाबुलाई पनि छोडेर अर्को विवाह गरेपछि उनी अलपत्र परिन्। 
प्रधानाध्यापक डिल्लीराम लुइँटेलका अनुसार फिदिम–कुम्मायकको सिमाना सिवादोभानमा घर चाहर्दै बसेकी आयुषालाई शिक्षकहरुले भेटे र आवासमा ल्याएर राखे। 

अहिले आर्यन राई, शिशिर भुजेल र आयुषा राई आवासमा बसेर पढिरहेका छन्। उनीहरुजस्तै २५ जना बालबालिका विद्यालयको आवासमा छन्। अभिभावकलाई छोराछोरीप्रति कुनै चासो छैन। यो विद्यालय, शिक्षक र सहयोगी कर्मचारी नै यी साहराविहीन बालबालिकाका अभिभावक बनेका छन्।

निर्दोष बालिबालिकाका दुःख यतिमा मात्रै सीमित छैनन्। कक्षा २ मा पढ्ने निरुता ओलीले बाबुको अनुहार देख्न पाइकी छैनन्। पश्चिम नेपाल घर भएका उनका बाबु ढुवानीको साधनको चालक भएर फिदिम–४ माझीटार आइपुगेका थिए। 

तामाङ परिवारकी निरुताकी आमाले १४ वर्षको उमेरमा ती सवारी चालकसँग विवाह गरेकी थिइन्। विवाहपछि उनीहरु पोखरा गएर बसे। पोखरामा जन्मिएकी निरुता र उनकी आमालाई बावुले छोडेर हिँडे। आमाले निरुतालाई माइतीमा ल्याएर राखिन् र रोजगारीका लागि पोखरा फर्किइन्। 

मावलीमा बसेकी निरुताले पढ्ने वातावरण पाउन विद्यालयको आवास नै आइपुग्नुपर्‍यो। नौ वर्षकी उनी दुई वर्षदेखि आवासमा बसिरहेकी छन्। ‘अब छिट्टै ममी आउनुहुन्छ रे’, विद्यालयको आवासमा भेटिएको निरुताले भनिन्। 

फिदिम–५ स्थायी घर भएका १२ वर्षका मिसन तुम्बापो फिदिम–९ सिवादोभानमा मावलीका वृद्ध हजुरबुवा हजुरआमासँग बसेका थिए। विद्यालय जान सक्ने अवस्था थिएन। शिक्षकहरुले भेटेर उनलाई आवासमा ल्याए। अहिले उनी कक्षा ४ मा पढ्दै छन्। 

उनका बावु र आमाले कतिवटा विवाह गरे भन्ने टुंगो छैन। उनकी आमाको चौथो विवाहपछि मिसन जन्मिएको बुझिएको शिक्षकहरु बताउँछन्। मावली वा आफन्तकहाँ केही काम परे मिसन त्यता जान्छन्। तर धेरै समय बस्दैनन् र गइरहन पनि रुचाउँदैनन्। 

उनका लागि खुसी र आफ्नोपना जागृति आधारभूत विद्यालयको आवासमै छ। ‘चाडपर्व, विवाह, भतेर आदिमा पठाइदिन्छौं’, प्रधानाध्यापक लुइँटेलले भने, ‘तर उनी विद्यालयमा बस्न नै खुसी मान्छन्।’

फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन। विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक पनि प्रायः विद्यालयमै रहन्छन्।

सहाराविहीन २५ जना विद्यार्थीलाई आवासमा राखेर पढाउँदै आएको यस विद्यालयमा बिहान बेलुकी अरु विद्यार्थीसमेत भेला हुन्छन्। आवासमा नबसेका विद्यार्थीमध्ये दैनिक १० देखि १५ जनाले बिहानको खाना विद्यालयमै खान्छन्।

आवासका अधिकांश विद्यार्थी न कहिल्यै घर जान्छन् न आफन्तकहाँ। उनीहरुका लागि विद्यालय नै घर, आफन्त र अभिभावक हो। विहान बेलुकी विद्यार्थी विद्यालयमै रहन्छन् र गृहकार्य गर्छन्। 

फिदिम नगरपालिकासहित हिलिहाङ र कुम्मायक गाउँपालिकाका १६२ घरधुरीका १०३ जना विद्यार्थी यहाँ अध्ययनरत छन्। सो क्षेत्रमा माझी, तामाङ, राई, लिम्बू र दलित समुदायको बसोबास छ। प्रधानाध्यापक लुइँटेलका अनुसार बालविवाहदेखि बहुविवाहसम्मका अनेक समस्याले झेलिएको गाउँमा बालबालिका बेवारिसे हुने क्रम व्याप्त छ। 

सहाराविहीन विद्यार्थीलाई विद्यालयमै राखेर पठन–पाठन गराउँदै आएको यो विद्यालयले शिक्षा दिने कार्यमा मात्र सीमित नभई अभिभावकीय दायित्वसमेत पूरा गरिरहेको छ। शनिबार होस् वा सार्वजनिक बिदा, चाडपर्व होस् वा बन्द हड्तालले यो विद्यालयमा पठनपाठन रोकिँदैन।   

बालबालिकालाई विद्यालय ल्याउन आवासीय व्यवस्था

गरिबी, अशिक्षा र अज्ञानताले यहाँका किशोर–किशोरीले १४–१५ वर्षमै विवाह गर्छन्। ‘जवान पुग्दा ३–४ जना नानीका आमा–बावु भइसकेका हुन्छन्’, लुइँटेलले भने, ‘बुझ्ने भएपछि खटपट हुन्छ र अर्को विवाह गर्छन्।’ अधिकांशको यही चक्रले उनीहरुका नानीहरु बेवारिसे हुने गरेका छन्। 

सेवा क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालय आउन नसक्ने अवस्था देखेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले साथ दिएपछि आवास निर्माण थालिएको थियो। शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट विभिन्न शीर्षकमा आएको बजेटबाट तीन कोठे भवन बनाई विद्यार्थी राखिएको प्रधानाध्यापक लुइँटेल सम्झन्छन्। 

२०७२ मा १३ जनाबाट सुरु भएको उक्त आवास एक वर्षभित्र झन्डै बन्द भएको थियो। ‘राज्य पुनर्संरचनाका क्रममा हामीले कतैबाट बजेट पाउन नसक्दा झन्डै बन्द नै गर्नुपर्‍यो”, प्रधानाध्यापक लुइँटेलले भने, ‘कोही आफन्त वा साहरा दिने अभिभावक भेटिएका बालबालिकालाई घर पनि फर्कायौँ।” 

स्थानीय तह निर्माणपछि भने फिदिम नगरपालिकाले आवास सञ्चालनमा भरथेग गर्न थाल्यो। आवासमा बसेर पढेका विद्यार्थी अहिले कक्षा नौ मा पुगेका छन्। उनीहरुमध्ये अधिकांश फिदिम–४ स्थित सुखबोध माध्यमिक विद्यालयमा अध्ययनरत छन्। ‘यहाँ बसेका धेरै विद्यार्थी तीक्ष्ण छन्’, लुइँटेलले भने, ‘केही त कक्षामा निरन्तर उत्कृष्ट भइरहेका छन्।’ 

बालबालिकाको हेरचाह गर्न गाह्रो 

आवासमा बस्ने सात वर्षदेखि १४ वर्षका २५ जना बालबालिकाको हेरचाहको जिम्मा शिक्षिका मालिका सुब्बा र वार्डेन विमला तामाङको हो। ‘बिहानदेखि राति नसुत्दासम्म उनीहरुको खानपान, सरसफाइ, पढाइलगायतमा हामी तल्लीन हुन्छौं, शिक्षिका सुब्बाले भने, ‘दुई जनाले यति धेरै काम गर्न कठिन पर्ने गरेको छ।’ 

बाहिर हिँड्न नदिनेदेखि माया ममता दिने दायित्व पनि विद्यालय परिवारको छ। ‘नसक्ने बालबालिकाका कपडासमेत मैले धोइदिनुपर्छ। बिहानदेखि बेलुकीसम्म चार साँझ खानेकुरा बनाउन र सरसफाइ गर्न नै हम्मेहम्मे पर्छ’, वार्डेन विमला तामाङले भनिन्। 

विद्यार्थी संख्या कम भए पनि स्थानीय समस्या बुझेर दरबन्दी थपिदिन आफूले आग्रह गरेको प्रधानाध्यापक लुइँटेल बताउँछन्। ‘साथीहरु (अन्य विद्यालयका प्रधानाध्यापक) तपाईंको विद्यालयलाई पाँच लाख बजेट दिइएको छ। अरुले एक लाख पनि पाएका छैनौँ भन्नुहुन्छ’, लुइँटेलले भने। 

कक्षा छसम्म चलेको विद्यालयमा अहिले चार जना शिक्षक दरबन्दी तथा एक जना अन्य स्रोतबाट शिक्षक राखिएका छन्। आवास सहजरुपमा सञ्चालनका लागि थप सहयोग गर्न फिदिम नगरपालिकामा आफूले पटकपटक आग्रह गर्दै आएको उनको भनाइ छ। रासस 

प्रकाशित: Mar 01, 2021| 10:43 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्