बिहीबार, वैशाख ६, २०८१

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ मसिन सार्वजनिक

नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– नेपालको लागि एक्स्कर्स मसिनको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि.ले एक्स्कर्सको हेभी इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको बिक्री खुल्ला गरेको छ।

triton college

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिनको साथमा छ। 

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडिको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ। 

रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा शक्तिशाली तथा ठूलो आकारका लीड लाइट प्रयोग गरिएको छ। 

यसमा आरामदायी सिट र उचित भेन्टिलेसन सिस्ट्म जडान गरिएको छ। अगाडि र पछाडि दुवै क्याबिनको झ्याल खोल्न सकिने हुँदा मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुन्छ। 

corrent noodles
Metro Mart

यसमा पावर स्टेरिङको सुविधा छ। सहजै मसिन सञ्चालन गर्नलाई स्वीच साथै इन्सट्रुमेन्ट बोर्डमा लाइटिङ्गको व्यवस्था गरिएको छ।

नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा बढी मसिन छन्। आइएमई अटोमोटिम्स प्रा.लि.ले देशभरका १२ वटा शाखाअन्तर्गत २०१४ देखि एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेन बिक्रीवितरण गर्दै आएको छ।  
 

प्रकाशित: Mar 01, 2021| 10:15 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्