काठमाडौं- नेकपाको दाहाल-नेपाल पक्षीय पेसागत कर्मचारीका संगठनबीच औपचारिक एकीकरण भएको छ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा साेमबार आयोजित कार्यक्रममा एकता घोषणा गरिएको हो।
घोषणासभामा एकीकृत पेसागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल चयन भएका छन्।
उनी पूर्व एमालेनिकट पेसागत महासंघको अध्यक्ष थिए। एकीकरणपछि पनि उनी अध्यक्षमा चयन भएका हुन्।