शुक्रबार, वैशाख १४, २०८१

कैदीबन्दीबीच झडप हुँदा ५ घाइते

दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा ५ घाइते भएका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

तनहुँ- दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा ५ घाइते भएका छन्। झडपमा परी ३ नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ। 

triton college

घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन्। त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ।

घटनापश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Feb 28, 2021| 14:26 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।