काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले आठ वटा भ्रातृ र जनवर्गीय संगठनको नाम तोकेको छ। आइतबार बसेको समायोजन सहजीकरण कार्यदलले ती भ्रातृसंस्थाको नाम तोकेको हो।
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि बनेको समायोजन र सहजीकरण कार्यदलको बैठकले भातृसंस्थाको नाम टुंगो लगाएको नेता केशव झाले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारु संघ, समाजवादी भुपु सैनिक तथा प्रहरी महासंघको नाम तोकिएको छ।
यस्तै जनता समाजवादी साँस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ र नेपाल सुकुम्बासी व्यवस्थापन संघ नाम निर्धारण गरिएको छ।
गत वैशाखमा गते दुई पार्टीबीच एकता भएको थियो। एकता भएको लामो समयसम्म पनि समायोजनको काम भने टुंगिएको छैन।