बुधबार, वैशाख १२, २०८१

आलोचकलाई अश्विनको प्रश्न– राम्रो पिच कुन हो कसले बताउँछ ?

इन्डियन अफब्रेक बलर रविचन्द्र अश्विनले इंग्ल्यान्डसँगको पछिल्लो खेलमा घरेलु टिमले जित निकालेको बारेमा कडा जवाफ दिएका छन्।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– इन्डियन अफब्रेक बलर रविचन्द्र अश्विनले इंग्ल्यान्डसँगको पछिल्लो खेलमा घरेलु टिमले जित निकालेको बारेमा कडा जवाफ दिएका छन्।

triton college

पिच खराब भएका कारण स्पिनर्सका ठाउँमा ब्याट्सम्यान टिक्न सकेको र इन्डियाले सहज जित निकालेको भन्दै आलोचना भइरहेको अवस्थामा अश्विनले त्यसलाई अस्वीकार गरेका हुन्।

अश्विनको प्रश्न छ, ‘राम्रो क्रिकेट पिच कस्तो हुन्छ ? बलरले खेलमा राम्रो प्रदर्शन गरे, रन बनाउनका लागि ब्याट्सम्यानले पनि राम्रो ब्याटिङ गर्नु जरुरी थियो। यसबारे प्रश्न खोइ ?’

भर्चुअल मिडिया अन्तरक्रियामा पिचबारे सोधिएको प्रश्नमा उनले अरुको बहकावमा आएर प्रश्न नसोध्न अनुरोध गर्दै पिचबारे आफ्नै धारणा बनाउनुपर्ने बताए। ‘राम्रो पिच कसरी बनाइन्छ ? यसलाई कसले परिभाषित गर्छ ? खेलमा पहिलो दिन बल स्विङ गर्छ र अन्तिम दुई दिनमा स्पिन हुन्छ,’ उनले थपे, ‘यस्तो नियम कसले बनाउँछ ? हामीले यो बहस यहिँ सकिदिनु पर्छ।’

पछिल्लो टेस्टमा सात विकेट लिएका अश्विनले त्यही खेलमा टेस्ट करिअरको सय विकेट पूरा गरेका छन्। उनले पहिलो सय विकेट १८ खेलमा लिएका थिए भने पछिल्लो सय विकेट लिन २३ खेलमा प्रतिस्पर्धा गर्नुपरेको छ।

corrent noodles
Metro Mart

चार सय विकेट लिने श्रीलंकका मुरलीधरनपछि उनी दोस्रो तिव्र गतिका बलर हुन्। तर तेस्रो टेस्टपछि पूर्व राष्ट्रिय खलाडी युवराज सिंहले पिचबारे अलग धारण प्रस्तुत गरेका थिए।

युवराजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई दिनमा टेस्ट सकियो। थाहा छैन कि यसलाई राम्रो भनौँ या नराम्रो। यदि अनिल कुम्बले र हरभजन सिंहले जस्तै यो पिचमा बलिङ गर्ने हो भने खेलाडीले आठ सय वा हजार रन सजिलै बनाउन सक्छन्।’

युवराजको विचारबारे पनि अश्विनले प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘मैले त्यो कुरा पढेँ। उहाँको विचारमा अहिलेका इन्डियन खेलाडीभन्दा पहिलेका खेलाडी राम्रा थिए भन्ने अर्थ लाग्छ। यसको अनर्गल प्रचार गर्नु उचित छैन।’ अश्विनले आजभोलि वस्तुको जस्तो विचारको पनि बिक्री सुरु भएको दाबी गरेका छन्।

उनले यसलाई स्पष्ट पार्दै भने, ‘इन्डियाले घरेलु भूमिमा क्रिकेट जितेपछि टिम इन्डियाले आफ्नो बलमा खेल जित्यो भनरे खुसी हुँदै समर्थक घर फर्किन्छन्। तर केही मानिसलाई यो जितले खुसी दिँदैन र भन्छन्– इन्डियाले पिचको कारण खेल जित्यो। त्यसपछि बाँकी मानिसको मानसिकता पनि त्यसप्रकार बन्दै जान्छ। तर म चाहन्न कि यस्तो मानसिकता बनोस्।’

त्यस्तै पिचबारे कुरा गर्ने नै भए इन्डियाले हार बेहोरेको पिचबारे प्रश्न गर्न अश्विनले अनुरोध गरेका छन्।
 

प्रकाशित: Feb 28, 2021| 09:23 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।