शुक्रबार, वैशाख ७, २०८१

अब आईपीओ नतिजा हेर्न छुट्टै वेबपोर्टल

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा हेर्न छुट्टै वेबपोर्टल बनाएको छ। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं - सीडीएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आईपीओ) बाँडफाँडको नतिजा हेर्न छुट्टै वेबपोर्टल बनाएको छ। 

triton college

शुक्रबार बाँडफाँड गरिएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा हेर्न समस्या भएपछि सीडीएससीले छुट्टै वेबपोर्टल बनाएको हो। 

गोपनीयताको कारण देखाउँदै आईपीओ नतिजा तीन ठाउँबाट (मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धको वेबसाइट) हेर्न मिल्ने व्यवस्था गरिएको थियो। यसअघि विभिन्न अनलाइन सञ्चारमाध्यमले पनि नतिजा सार्वजनिक गर्ने गरेका थिए। 

शुक्रबार आईपीओ नतिजा हेर्ने लगानीकर्ताको चाप बढ्दा दिनभर तीनवटै वेबसाइटले काम गर्न सकेको थिएन, जसकारण लगानीकर्ताहरू आक्रोशित बनेका थिए। 

यसैलाई मध्यनजर गर्दै सीडीएससीले छुट्टै वेबपोर्टल बनाएको हो।

corrent noodles
Metro Mart

यसमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने र यो पोर्टल सुरक्षित, छरितो र धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दासमेत सहजरूपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएससीको दाबी छ। 

यस्तै शुक्रबार मेरो शेयर नचल्दा ईडीआइएस सेवा प्रभावित भएकाले सोकाे अवधि फागुन १६ गते बिहान ७ बजेसम्म कायम गरिएको सीडीएससीले जनाएको छ। 

प्रकाशित: Feb 27, 2021| 05:00 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।