शुक्रबार, वैशाख ७, २०८१

वालिङको रक्षापंक्तिमा क्यामरुनकी भनेसाको स्फूर्ति

भनेसाकै कारण वालिङका बाँकी खेलाडीको मनोबल बढेको थियो। ऊ विभागीय टिमविरुद्ध बलियो प्रतिद्वन्द्वीका रुपमा उभियो।
 |  शनिबार, फागुन १५, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन १५, २०७७

कियोमेग्ने डिजोमो भनेसा नोल्ले। अंग्रेजीमा लेखिएको उक्त फ्रेन्च नाम तीन पटक उच्चारण गर्दा पनि ठ्याक्कै नमिलेपछि उनैले भनिन्, ‘मलाई भनेसा मात्र भन्दा हुन्छ।’

triton college

यो नाम हो, क्यामरुनकी फुटबल खेलाडीको। सन् २०१६ मा फ्रान्समा सम्पन्न महिला मिलिटरी विश्वकप खेलेकी भनेसाले भर्खरै सम्पन्न महिला लिगमा वालिङ नगरपालिकाबाट सहभागिता जनाएकी थिइन्।

क्यामरुनको शीर्ष डिभिजनको महिला फुटबलसमेत खेल्ने उनी पहिलो पटक नेपाल आएकी हुन्। २३ वर्षीया भनेसाको मैदानमा देखिएको कौशल र स्फूर्तिले धेरैलाई आकर्षित गर्‍यो।

क्यामरुनमा अहिले फुटबलका लागि ‘अफ सिजन’ हो। पछिल्लो लिगका प्रतियोगिता सकिएपछि नयाँ सिजन सुरु भइसकेको छैन। त्यही समय सदुपयोग गर्न उनलाई अरु देशमा छोटो सिजनको फुटबल प्रतियोगिता चाहिएको थियो। त्यसैले वालिङ नगर क्लबको प्रस्ताव स्वीकारेर उनी माघको पहिलो साता काठमाडौं आइपुगिन्।

त्यसअघि लिगमा कमजोर स्थितिमा रहेको स्याङ्जाली क्लब वालिङ भनेसा र अर्की अफ्रिकी खेलाडी मेथो रुथसँगै अन्य खेलाडीको साथ पाएपछि बलियो भएको देखियो।

corrent noodles
Metro Mart

लिग सुरु हुँदै गर्दा वालिङले विराटनरसँग बराबरी खेलेको थियो भने त्रिभुवन आर्मी क्लबसँग ७–० गोल अन्तरले हार्नुपरेको थियो। 

जब भेनेसा टिममा प्रवेश गरिन् वालिङले बलियो विभागीय टिम नेपाल पुलिससँग पनि बराबरी खेल्यो।

सुरुआती दुई खेलमै आठ गोलको सामना गरेको वालिङले त्यसपछिका सात खेलमा ६ गोलमात्र खाएको थियो। त्यस्तै सम्पूर्ण लिगमा २६ गोलको सामना गर्‍यो र  २२ गोल प्रहार गर्‍यो।

लिगमा औसत आठ गोल गरिरहेको एपीएफलाई भनेसाको डिफेन्सले तीन गोलमा रोक्न सक्यो। भनेसाकै कारण वालिङका बाँकी खेलाडीको मनोबल बढेको थियो। ऊ विभागीय टिमविरुद्ध बलियो प्रतिद्वन्द्वीका रुपमा उभियो।

वालिङ टिममा नयाँ अनुभव 

वालिङको टोलीमा खेल्दा पहिलो दुई खेल गाह्रो भएको भनेसाको अनुभव छ। ‘त्यसपछि प्रशिक्षक र खेलाडीलाई चिन्दै गएँ, अभ्यस्त हुन थालें,’ भनेसाले भनिन्, ‘अनि सहज हुँदै गयो।’

फिफा महिला वरीयतामा क्यामरुन ५१ औं स्थानमा छ भने नेपाल ९२ औं। बलिया क्लब नभएको, नियमित लिग नै सञ्चालन नहुने देशको टोलीसँग मिल्ने गरी खेल्न व्यावसायिक खेलाडीलाई गाह्रो हुन्छ। 

मिलिटरी विश्वकप खेलिसकेकी भनेसालाई पनि नेपाली लिगमा खेल्दा सुरुमा ‘पावर ब्यालेन्स’ मिलाउनै धौधौ भयो। तर, प्रशिक्षकले नेपाली खेलाडीसँग खेल्ने तरिका सिकाएपछि सहज भएको उनी बताउँछिन्।

लिगअन्तर्गत दोस्रो लेगमा पुलिसविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ बनेकी भनेसाले भनेकी थिइन्, ‘मलाई आफ्नो खेल कन्ट्रोल गर्न अझै पनि गाह्रो भइरहेको छ।’

उसो त भनेसालाई नेपाली खेलाडीसँग खेल्दा गाह्रो हुने नै भयो। शारीरिक हिसाबमा मजबुत भएका कारण उनको सानो फल देइहाल्ने तर उनीमाथिको फल नदेखिने वलिङका प्रशिक्षक दिलीप थापा बताउँछन्।

यसलाई प्रशिक्षक थापा उदाहरण दिँदै भन्छन्, ‘पुलिसविरुद्ध रिटर्न लेगको खेलमा भनेसाको अघि बल थियो। तर, प्रतिस्पर्र्धी टिमको एक फरवार्डले हाम्रो डिफन्डरमाथि डाइभ गर्‍यो। यस्तो कुराले चाहिँ गाह्रो बनायो।’

तर, यी समस्या बेलाबखत आउने मात्र हुन्। अत्याधिक समय त उनले वालिङको डिफेन्स लाइनको समस्या समाधान गरिरहिन्। उनीबारे प्रशिक्षक थापा भन्छन्, ‘जोमो (भनेसा) नभएको भए डिफेन्समा धेरै गाह्रो हुन्थ्यो। हाम्रो रक्षपंक्तिको मोर्चा सम्हालेको पनि उनैले हो। उनी हाम्रो डिफेन्सको लिडर हुन्।’

भनेसा आफ्नो प्रदर्शनबाट सन्तुष्ट छिन्। उनले नेपाली खेलाडीको पास खेल्ने शैली मन परेको बताइन्।

भनेसाले दिएको जवाफलाई अंग्रेजीमा अनुवाद गर्दै अर्की क्यामरुनी खेलाडी मेथो रुथले भनिन्, ‘मलाई नेपाली खेलाडी मन पर्‍यो। यहाँ छोटोछोटो पास खेलिँदो रहेछ। ‘सर्टसर्ट मुभमेन्ट’ छ नेपाली खेलाडीको। त्यो राम्रो हो। नेपाली खेलाडी निकै महत्त्वाकांक्षी पनि रहेछन्।’

उनी नेपाली खेलाडी मात्र होइन यहाँको वातावरण पनि मन परेको बताउँछिन्। ‘यहाँको वातावरण पनि सुहाउँदो छ। चिसो छ। साथै नेपालमा फुटबल खेलाडीका लागि हस्पिटालिटी पनि राम्रो रहेछ,’ उनले भनिन्।

भनेसा प्रतिस्पर्धी खेलाडीमाथि निकै दबाब बनाएर खेल्छिन्। त्यसैले आर्मीविरुद्धको पछिल्लो खेलमा प्रतिस्पर्धीलाई लडाएपछि उनले दोहोरो पहेंलो कार्ड सामना गर्नुपर्‍यो।

भनेसा क्यामरुनको राष्ट्रिय महिला टोलीमा र लोउवेस मिनप्रुफ क्लबबाट शीर्ष डिभिजन लिग खेल्छिन्। लोउवेस मिनप्रुफले २०१८÷२०१९ को वुमन्स कप र क्यामरुन कपको उपाधि जितेको थियो।
 

प्रकाशित: Feb 27, 2021| 02:38 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।