शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता वृद्ध दम्पतीको अपहरण आशंकामा पाँच दिनसम्म पनि सुराक खोज्दै प्रहरी

बेपत्ता वृद्ध दम्पतीको अपहरण आशंकामा पाँच दिनसम्म पनि सुराक खोज्दै प्रहरी

बेपत्ता मोसाफिर झा तथा गीता देवीको दुई बुहारी जाग्राम बसेरै रात बिताउँछन्। उनीहरुलाई विश्वास छ, सासुससुरा घर फर्केर आउँछन्।
 |  शुक्रबार, फागुन १४, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, फागुन १४, २०७७

जनकपुरधाम- महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवामा गत सोमबार मध्यराति हराएका वृद्ध दम्पतीको घरमा रुवाबासी छ।

triton college

गत सोमबार राति बेपत्ता भएका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीता देवीको अपहरण भएको आशंका गरिएको छ। प्रहरी र परिवारका सदस्यले अपहरण नै भएको निष्कर्षमा खोजी गरिरहेका छन्। 

मुसाफिर र गीता देवी अलगअलग कोठामा सुत्थे। मोसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा। नवनिर्मित घरमा ढोका लगाइएको छ भने झ्यालहरु लगाउन बाँकी नै छ।

दुवैलाई ओछ्यानसहित अपहरण गरिएको प्रहरीले जनाएको छ। गीता देवीको घरमा रगतको थोपा देखिएको छ। त्यस्तै घर पुग्न पीसीसी ढलान गरिएको गल्लीमा समेत रगतका थोपाहरु जस्तै देखिएको छ। ओछ्यानसहितै ती दम्पतीलाई अपहरण गरिएकोले यो घटना रहस्यमय बन्न पुगेको छ।

बेपत्ता मोसाफिर झा तथा गीता देवीको दुई बुहारी जाग्राम बसेरै रात बिताउँछन्। उनीहरुलाई विश्वास छ, सासुससुरा घर फर्केर आउँछन्। तर अहिलेसम्म दम्पतीको अत्तोपत्तो छैन। प्रहरी प्रशासनसमेत उनीहरुको अवस्थाबारे अनभिज्ञ छ।
मोसाफिरकी बहिनी शान्ति देवीले दाइ भाउजुको अत्तोपत्तो नहुँदा बेचैन भएको बताउँछिन्। उनले भनिन् ‘दाइ भाउजुको स्वभाव एकदमै सरल थियो, सबैसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गर्थे। तर कसको आँखा लाग्यो परिवार नै छिन्नभिन्न भएको छ।’

corrent noodles
Metro Mart

बहिनी शान्तिका अनुसार मोसाफिरको पछिल्लो समय स्वास्थ्य कमजोर बन्दै गएको थियो। उनलाई अपच हुने समस्या थियो, त्यसैले उनी खाना पनि राम्ररी खान छोडेका थिए। मोसाफिर साक्षी बसेको मोही जग्गाको विवादको सम्बन्धमा फैसला आएलगत्तै उनलाई उपचारका लागि वीरगंज लाने योजना परिवारको थियो बहिनी शान्तिले सुनाइन्।  

बुवाआमा बेपत्ता भभएको खबर पाउनासाथ माइत पुगेकी बेबी मिश्रले आफूहरु निकै डराएको बताइन्। उनले बुवा आमाको अवस्था चाँडै थाहा हुन नसके कडा आन्दोलन गर्ने चेतावनी दिइन्।
गाउँमै अपहरणका घटना भएकाले स्थानीयमा समेत त्रासको माहाल छ।

जग्गा विवादका कारण अपहरण त भएको होइन ?

बेपत्ता मोसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगरामा रहेको एक मोही जग्गाको साक्षीमा बसेका थिए। मंगलबार सोही जग्गा विवादलाई लिएर जिल्ला अदालत महोत्तरीले फैसला सुनाउनेवाला थियो। तर सोमबार राति सासुससुराको अपहरण भएको जेठी बुहारी अंशु झाले बताइन्। 

अंशु भन्छिन्, ‘बगरामा रहेको ४ बिघा मोही जग्गा विवादमा मेरो ससुरा साक्षी बसेका थिए, बगराका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटकपटक आउँथे। त्यो दिन पनि आएका थिए, मंगलबार फैसला आउने भएकाले उनीसँगै मेरा ससुरा बाहिर गएका थिए।’

अंशुका अनुसार त्यो दिन मोसाफिर घर फर्केर पनि आए। सबै ठीक थियो। तर राति सासुससुरा नै बेपत्ता भए। कसले अपहरण गर्यो मैले केही सुइको समेत पाइन, जबकि ससुरा सुतेको छेउकै कोठामा म सुतिरहेको थिएँ अंशुले बताइन्।
ती दम्पतीको बेपत्ता हुनुभन्दा एक दिनअगाडि गाउँकै एक व्यक्तिसँग गीता देवीको विवाद भएको थियो। बुहारी अंशुका अनुसार त्यो विवाद पनि जग्गालाई नै लिएर भएको थियो। त्यो विवाद भने साक्षी बसेको मोहीको जग्गालाई लिएर नभई उनीहरुले बेचेको जग्गालाई लिएर भएको थियो।

पुरानो घर फुसको थियो त्यसैले पक्की घर बनाउनका लागि १० धुर जग्गा उनीहरुले बेचेका थिए अंशुले बताइन्। त्यो जग्गा गाउँकै एक व्यक्तिले लिएका थिए। ७ लाख ५० हजार रुपैयाँमा त्यो जग्गा बिक्रि गरिएको थियो। ‘जग्गा लिने व्यक्तिले सुरुमा ५ लाख रुपैयाँ दिने र बाँकी रुपैयाँ पछि दिने भन्दै जग्गा रजिष्ट्रेशन गरिदिन दबाब दिए, जुन कुरो मेरो सासुले मान्नु भएन र विवाद भयो।’ बुहारी अंशुले भनिन्।

मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी हुन्। उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर १० वर्ष अगाडि अवकाश प्राप्त गरेका थिए। मुसाफिरको स्वभाव एकदमै सरल रहेको भाइ विजयकान्त झा बताउँछन्। ‘इमान्दारीपूर्वक जीवन व्यतित गर्ने मेरो दाइको कसैसँग दुस्मनी हुन सक्छ जस्तो मलाई लाग्दैन। उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा समाधानका लागि उनको खोजी हुने गथ्र्यो। र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयाससमेत गर्थे।’ भाइले विजयकान्तले भने।

प्रहरी अपहरणको ‘क्लु’ खोज्दै

६५ वर्षीय मुसाफिर र ६० वर्षीया गीता देवी बेपत्ता भएको ५ दिनसम्म पनि अवस्था अज्ञात रहेकाले प्रहरी प्रशासनका लागिसमेत चिन्ताको विषय बनेको छ। प्रहरीको टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसी स्वयम् त्यहाँ पुगेर यस घटनाको अनुसन्धान गरिरहेका छन्। यद्यपि प्रहरी प्रशासन अझै अपहरणको क्लु खोज्नमै व्यस्त रहेको प्रहरी उपरीक्षक केसीले बताए।

यता प्रदेश २ प्रहरी प्रमुख धीरज प्रताप सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० भन्दा व्यक्तिसँग सोधपुछ गरिएको जानकारी दिए। उनले ३ जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताए।

‘यो घटनाको क्लु खोज्न अझै हामी व्यस्त छौँ’, डीआइजी सिंहले भने ‘प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा ईलाका प्रहरीको संयुक्त टोली अपहरणको क्लु खोज्न व्यस्त छ।’

प्रकाशित: Feb 26, 2021| 12:52 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।