बिहीबार, वैशाख १३, २०८१

सुन आपूर्तिमा कठिनाइ, मूल्य अझै घट्न सक्ने

साउनमा प्रतितोला एक लाख रुपैयाँभन्दा माथि पुगेको सुनको मूल्य पछिल्लो समय घट्न थालेपछि आपूर्तिमा कठिनाइ भएको हो। 
 |  शुक्रबार, फागुन १४, २०७७

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– सुनको मूल्य घट्न थालेपछि आपूर्तिमा कठिनाइ भएको छ। साउनमा प्रतितोला एक लाख रुपैयाँभन्दा माथि पुगेको सुनको मूल्य पछिल्लो समय घट्न थालेपछि आपूर्तिमा कठिनाइ भएको हो। 

triton college

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले दैनिक औसत २० किलोग्राम सुनको माग रहेको बताए। उनका अनुसार आपूर्ति १० किलोग्राम मात्रै छ।

‘सुनको बजार सामान्य अवस्थामा फर्किसकेको छैन’, उनले भने, ‘तैपनि आपूर्तिमा कठिनाइ भइरहेको छ।’

सामान्य अवस्थामा दैनिक औसत ३५ किलोग्राम सुनको माग हुने गरेकोमा अहिले औसत २० किलोग्राम छ। 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमार्फत दैनिक १० किलोग्रामका दरले सुन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। बाँकी सुन अन्य स्रोतबाट आपूर्ति भइरहेको व्यवसायी बताउँछन्।  ‘मागअनुसार सुन आपूर्ति भएको छैन’, शाक्य भन्छन्। 

corrent noodles
Metro Mart

महासंघका अनुसार गत साउन २३ मा नेपालमा सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ थियो। शुक्रबार ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।।

महासंघका अनुसार २०७६ पुस १६ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७३ हजार ५०० रुपैयाँ थियो।

कोरोनाका कारण चैत दोस्रो सातादेखि गरिएको लकडाउनका समयमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको थियो।

२०७६ चैत ९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ थियो। २०७७ असार १० मा प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घट्दो क्रममा रहेको महासंघका अध्यक्ष शाक्य बताउँछन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लिएको नीतिको प्रभावस्वरूप सुनको मूल्य घटिरहेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। 

बाइडेनले अमेरिकामा ग्रिन भ्यालिड प्रोजेक्ट नामक परियोजना अघि सारेका छन्। 

वैकल्पिक ऊर्जाको स्रोतका लागि ल्याउने भनिएको उक्त प्रोजेक्टमा चाँदीको औद्योगिक माग बढ्न सक्ने अनुमान छ। 

‘अमेरिकाले ग्रिन भ्यालिड प्रोजेक्ट लागू गर्‍यो भने चाँदीको औद्योगिक माग बढ्न जान्छ र चाँदीको भाउ बढ्न जान्छ भन्ने हिसाबले लगानीकर्ता चाँदीमा लगानी गरिरहेका छन्’, पूर्वअध्यक्ष शाक्य भन्छन्। 

अमेरिकाका धनाढ्यले स्टक राखेको सुन बिक्री गरिराखेका कारण पनि मूल्यमा गिरावट आएको उनको भनाइ छ। 

‘अमेरिकाको ब्ल्याक रक कम्पनीले ४७० किलोग्राम सुन बिक्री गरेको छ’, पूर्वअध्यक्ष शाक्य भन्छन्, ‘त्यसले त्यहाँ अब सुनको भाउ घट्छ भन्ने परेकाले सेलिङ प्रेसर बढेको पाइएको छ।’

साउन २३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार ८० डलर थियो। शुक्रबार एक हजार ७७१ डलर प्रतिऔंस छ। 

पूर्वअध्यक्ष शाक्य भन्छन्, ‘पहिलो टार्गेट एक हजार ७५० डलर प्रतिऔंस पुर्‍याउनेछ। त्यहाँबाट १७ सय डलर प्रतिऔंससम्म आउन सक्छ।’

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ७०० डलरसम्म मूल्य कायम भएमा नेपालमा ८२ देखि ८३ हजार रुपैयाँ प्रतितोलासम्म पुग्ने शाक्यको भनाइ छ। 

डलरको मूल्य अहिलेकै अनुपातमा भएमा मात्रै सुनको मूल्य ८२ देखि ८३ हजार रुपैयाँ प्रतितोलाका दरले कायम हुन सक्ने व्यवसायीको आँकलन छ। 

डलरको मूल्यमा उतारचढाव भएमा सुनको मूल्यमा पनि सोहीअनुसार उतारचढाव हुन सक्छ। 

सात महिनामा १५ अर्बको सुन आयात

व्यापार निकासी तथा प्रवर्दन केन्द्रका अनुसार नेपालमा चालू आवको साउनदेखि माघसम्म १५ अर्ब एक करोड ८२ लाख ७७ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ।

आव २०७६/०७७ भरिमा नेपालमा सुन आयात १३ अर्ब ६३ करोड ९९ लाख ७५ हजार रुपैयाँ बराबरको भएको केन्द्रको तथ्यांक छ। 

आर्थिक वर्षको सुरुमा सुनको मूल्य बढी भएका कारण बढी रुपैयाँको आयात भएको देखिएको महासंघका अध्यक्ष शाक्य बताउँछन्।

गत आर्थिक वर्षको साउनदेखि माघसम्म ९ अर्ब ४ करोड ६ लाख ३६ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार नेपालमा आयात भएको सबै सुन खपत हुन्छ।

संघका कार्यकारी निर्देशक अनिल शर्मा भन्छन्, ‘माग राम्रै छ। आएको जति सबै सुन खपत भइरहेको छ।’
उनका अनुसार गत साता बैंकहरुसँग १०८ किलोग्राम सुन मौज्दात थियो।

प्रकाशित: Feb 26, 2021| 12:13 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्