शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुपर त्रिशुली जलविद्युत आयोजनाका लागि सवा १२ अर्ब लगानी जुट्यो

सुपर त्रिशुली जलविद्युत आयोजनाका लागि सवा १२ अर्ब लगानी जुट्यो

सुपर त्रिशुली जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंक यो आयोजनामा लगानी गर्न तयार भएका हुन्। 
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं- सुपर त्रिशुली जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंक यो आयोजनामा लगानी गर्न तयार भएका हुन्। 

triton college

गत बिहीबार ७ वटा बैंकहरुले ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनामा १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनामा नेपाल इन्भेस्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले ऋण लगानी गर्दैछन्।

आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी लगानी रहने कम्पनीले जनाएको छ। 

आयोजनामा सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनिधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। सराफ समूह याक एन्ड यती होटलका मालिक हुन् भने ह्यात रिजेन्सी होटलका प्रमुख लगानीकर्ता हुन्। 

आयोजना गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदीमा छ। स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेको १०० मेगावाटभन्दा माथिका आयोजनामध्ये निजी क्षेत्रबाट प्रवर्धित सुपर त्रिशूली पनि एक ठूलो आयोजना हो। 

corrent noodles
Metro Mart

सराफ समूहको २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनामा पनि लगानी छ। आयोजनाबाट वार्षिक ४९ करोड ८० लाख युनिट बिजुली उत्पादन हुनेछ। आयोजनाबाट ७० प्रतिशत वर्षामा र ३० प्रतिशत हिउँदमा बिजुली उत्पादन हुनेछ। 

प्रकाशित: Feb 26, 2021| 12:02 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्