बुधबार, वैशाख १२, २०८१

थप मेडिकल कलेजलाई सम्बन्धन नदिन डा. केसीको चेतावनी 

त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिँदैन।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं– काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएको विषयमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आपत्ति जनाएका छन्।

triton college

चिकित्सा शिक्षा ऐनमा एउटा विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरे पनि एउटै विश्वविद्यालयले झडै दर्जन मेडिकल कलेज र डेन्टल कलेज सञ्चालन गरेको विषयमा डा. केसीले आपत्ति जनाएका हुन्। 

डा. केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वविद्यालयअन्तर्गत अहिले नै झन्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकोमा नयाँ मेडिकल कलेजका लागि अनुमति दिन नहुनेमा जोड दिएका छन्। 

‘मेडिकल शिक्षाको गुणस्तर कायम गर्नका लागि केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषयमा सिनेट बैठकमा  कुरा उठेको छ’, विज्ञप्तिमा छ, ‘अर्कोतिर त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिइसकेको छ। त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिँदैन।’ 

डा. केसीले कुनै पनि हालतमा गैरकानुनी कार्यमा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूलाई चेतावनी दिएका छन्। 

corrent noodles
Metro Mart

चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौं विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्रीमार्फत अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रस्ट भएको डा. केसीको दाबी छ। 
 

प्रकाशित: Feb 26, 2021| 09:37 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।