काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन्।