बुटवल – बुटवल उद्योग वाणिज्य संघमा उज्जवल कसजू निर्वाचित भएका छन्।
संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट कसजू विजयी भएका हुन्।
कसजूले प्रतिद्वन्द्वी हरिप्रसाद अर्याललाई १७९ मतले पराजित गरेका हुन्।
कसजूले ६६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४८३ मत प्राप्त गरेका छन्।
संघको नयाँ कार्यसमिति चयनको लागि बिहीबार अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो।
कोषाध्यक्ष पदमा ६९२ मतसहित नवीन श्रेष्ठ, सचिव पदमा ५२१ मतसहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै खुल्लातर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दीपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोहम्मद जमिल खान, सुमोदमान सैंजु, टीकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन्।
त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए।
नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद बझाङ, चार उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू र संजय कलवार जयसवाल छन्।
चार वाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए।