शुक्रबार, वैशाख १४, २०८१

औषधि विभागका अधिकृत दुई लाख घुससहित पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुससहित औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई बिहीबार नियन्त्रणमा लिएको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

विराटनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुससहित औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई बिहीबार नियन्त्रणमा लिएको छ। 

triton college

आयोगको विशेष टोलीले सुवेदीलाई दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो। विराटनगर महानगरपालिका–३ स्थित दुध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले जानकारी दिए।

सुवेदीलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। तेह्रथुमको मेन्छे्याम गाउँपालिका–५ मा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका पुष्प ढुंगानासँग उनले दुई लाख रुपैयाँ घुस लिएको खुलेको छ। 

उपचार गराउने क्रममा गत वैशाख ५ गते बिरामीको मृत्यु भएपछि मुद्दा मिलाइदिने भन्दै घुस मागिएको ढुंगानाले बताए। 
विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो। 

प्रकाशित: Feb 25, 2021| 13:29 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।