काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) संक्रमणबाट हुनेको संख्या पुनः सच्याएको छ। बुधबार ६१८ जना थपिएकोमा बिहीबार फेरि ८४ जना थप गरिएको छ।
बिहीबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको अनुसार यो थप भएको संख्या घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो।
नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेपछि मन्त्रालयले छानविन समिति बनाएर तथ्यांक अध्यावधिक गरेको थियो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अुनसार अद्यावधिक गर्ने क्रम चलिरहेकोले मृतकको संख्या थपिन पुगेको हो। यसअघि सरकारलाई कोरोनाबाट हुने मृत्यु भएको वास्तविक संख्या लुकाउँदै आएको आरोप लागेको थियो।