बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बीबीसी मास्टर सेफ साह कुनै बेला भारतका रेस्टुरेन्टमा भाँडा माझ्थे

बीबीसी मास्टर सेफ साह कुनै बेला भारतका रेस्टुरेन्टमा भाँडा माझ्थे

 ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ। जब म ‘प्लास्टिकको झोला बेच्थें र पाउरोटी बेच्थें त्यतिबेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु।’ 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ। मेहनत र सङ्घर्षले सफलताको शिखरमा पुर्‍याउने थोरै मात्र पात्र भेटिन्छन्। तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह।

triton college

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए। पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ।

विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए। कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा।

हो, आज उनी विश्वको नजरमा पर्न सफल भए, उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाएका छन्। 

‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ। विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ’,  बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक बिहीबार नेपाल आएका सेफ साहले भने। 

corrent noodles
Metro Mart

उनी भन्छन्,  ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ। जब म ‘प्लास्टिकको झोला बेच्थें र पाउरोटी बेच्थें त्यतिबेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु।’ 

उनले सेफकै लागि १० वर्ष भारतमा काम गरे पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए। उनले भने, ‘अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ।’

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवर्धनमा जुट्ने साहको भनाइ छ। साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन्। 

चर्चित पेन्गुइन पब्लिकेसनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ। पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए। खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लन्डनबाटै यो अभियान सुरु गरिने उनले जानकारी दिए। उनले भने, ‘भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ। खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ।’

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन्। उनी पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनुछन्। ।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्त्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईंले बताए। 

बेलायतको चर्चित प्रसारण सेवा बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बनेका थिए।

संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्रान्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए। ग्रान्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने। 

साहको यो सफलतालाई संसारभरका सञ्चारमाध्यमले स्थान दिए। अन्तिम प्रतिस्पर्धामा सेफ साहले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए। 

सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशवदेशका लाखौँ नेपालीको मन जित्न सफल छन्।

नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताए। 

साह बिहीबार नेपाल आएका छन्। मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन्। सात दाजुभाइ दिदीबहिनीमध्ये उनी सबैभन्दा कान्छा हुन्।

सानै उमेरमा बुबाको साथ गुमाएका साहले १० वर्षका उमेरदेखि काम गर्न थाले। स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ। 

नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे।

उनले अहमदावादको एक रेस्टुरेन्टमा भाँडा माझ्ने काम गरे। कामकै सिलसिलामा पकाउन सिके। अङ्ग्रेजी भाषाको ज्ञान लिए। पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर उनी पाँचतारे होटलको सेफ बनेका थिए। 
उनी सन् २०१० मा बेलायत गएर रेस्टुरेन्टमा काम गर्न थालेका हुन्। रासस
 

प्रकाशित: Feb 25, 2021| 11:32 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।