सुर्खेत– कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोना खोप लगाएका छन्। पहिलो चरणको खोप अभियानअन्तर्गत उनीहरूले खोप लगाएका हुन्।
सुर्खेतमा सबैभन्दा बढी अर्थात् सात हजार ४७५ जनाले खोप लगाएका छन्। तथ्यांकअनुसार दैलेखका तीन हजार १८४, जाजरकोटका दुई हजार १४, सल्यानका दुई हजार ५४१ र रुकुम पश्चिमका २ हजार ६११ जनाले खोप लगाएका छन्।
जुम्लाका दुई हजार ३८४, कालिकोटका दुई हजार ५६३, हुम्लाका एक हजार ६५८, मुगुका एक हजार ४७८ र डोल्पाका एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए।
हालसम्म सात हजार ५६१ जनालाई कोरोना संक्रमण भएको कर्णालीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शून्य छ। कर्णालीका १० जिल्लामध्ये सुर्खेत र जुम्लाबाहेक अन्य जिल्ला संक्रमण मुक्त भइसकेका छन्।