शुक्रबार, वैशाख ७, २०८१

सञ्चयकोषमा जाने कर्मचारीको रकम अब रियल टाइममा 

सरकारी कर्मचारीहरुले आफ्नो सञ्चयकोष, निवृत्तिभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी वास्तविक समयमा नै आफ्नो खातामा पाउने भएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– सरकारी कर्मचारीहरुले आफ्नो सञ्चयकोष, निवृत्तिभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी वास्तविक समयमा नै आफ्नो खातामा पाउने भएका छन्। 

triton college

बुधबार महालेखा नियन्त्रक कार्यालय र सञ्चय कोषले संयुक्त रुपमा कोषको कार्यालयमा पत्रकार सम्मेलन गरी विद्युतीय सरकारी लेखा प्रणाली (सिजिएस) प्रणालीको उद्घाटन गरेका छन्। 

सो प्रणाली सञ्चालन आएपछि संघीय सरकार र प्रदेश सरकारका सम्पूर्ण सरकारी कर्मचारीहरुको सञ्चयकोष भौचर काटेकै दिन उनीहरुको खातामा जाने तथा कर्मचारीहरुलाई म्यासेज पनि दिएर जानकारी पाउने महालेखा नियन्त्रक मधुकुमार मरासिनीले जानकारी दिए। 

नियन्त्रक मरासिनीले यो अनलाइन पेमेन्टको लागि कोसेढुंगा सावित हुने बताउँदै महालेखाले पछिल्लो समयमा प्राविधिक रुपमा ठूलो फड्को मारिसकेको जानकारी दिए। त्यस्तै राजस्व सचिव एवं कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनीले विगतमा सञ्चय कोषले सञ्चयकर्ताको रकम राख्नका लागि महिनौं लगाउने गरेको तर अव यो प्रणालीका कारण सञ्चयकर्ताको रकम समयमा नै जम्मा हुने बताए। 

उनले आफ्नो सञ्चयकोषमा जाने रकम पनि गत वर्ष करिब ८ महिना लागेको उदाहरण दिँदै एक जनाको ३० वटा खातासम्म भएको यथार्थ बताए। हाल यो प्रणाली संघीय र प्रदेश स्तरका सरकारी कर्मचारीको हकमा मात्र लागू हुनेछ। किनकी महालेखा नियन्त्रकको कार्यालयले सिगास सफ्टवेयर प्रयोग गरिरहेको छ भने स्थानीय निकायले भने सूत्र सफ्टवेयरको प्रयोग गरिरहेका छन्। 

corrent noodles
Metro Mart

महालेखा नियन्त्रक कार्यालयले हाललाई सिजिएस प्रणालीमा सिगास सफ्टवेयरमात्र जोडिएकोले स्थानीय स्तरका कर्मचारीहरुको रकम भने रियल समयमा जाँदैन। 

प्रकाशित: Feb 24, 2021| 13:07 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्