शनिबार, वैशाख ८, २०८१

‘नेपाली आरोही भरिया मात्र होइनन्’

‘विदेशी आरोहीले नेपाली भरिया मात्र हुन् भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन।’
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडाैं- विश्वकै अग्लोमध्येको दोस्रो केटु हिमाल आरोहण दलका टोली नेता निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताएका छन्।

triton college

जंगीअड्डामा सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाएका हुन्।  आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको भनाइ राखे। 

उनीहरू तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिक ऋपमा योजना बनाएर केटु हिमाल आरोहण गरेका थिए।

पुनमगरले ब्रिटिस गोर्खा सेनामा १६ वर्ष जागिर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेका थिए।

नेपालीले सधेंभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसंग उल्लेख गर्दै उनले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताए। 

corrent noodles
Metro Mart

‘विदेशी आरोहीले नेपाली भरिया मात्र हुन् भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन’, पुनमगरले भने। उनले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाएका छन्। 

‘मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने’, उनले विगत सम्झिँदै भने, ‘म आफ्नो लक्ष्यमा निरन्तर लागिरहें, आज सफलता मिलेको छ।’ 

उनले माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेका थिए। 

‘लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौं’, उनले भने। 

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका थिए।

हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८, ६११ मिटर) को पहिलोपटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई बुधबार जंगीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए।

‘यो अतुलनीय योगदानको जति प्रशंसा गरे पनि कमै हुन्छ’, थापाले भने, ‘हिमपहिरो, हिमआँधी र कठिन भूगोलको चुनौतीको सामना गर्दै सफल आरोहण गरेकामा नेपाली सेनाको हार्दिक बधाई छ।’ 

प्रधानसेनापति थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए। रासस

प्रकाशित: Feb 24, 2021| 12:52 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।