शुक्रबार, वैशाख ७, २०८१

भारतीय बजारमा अदुवा सस्तिएसँगै नेपाली किसान मारमा

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा छाएकाे छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

इलाम- अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा छाएकाे छ।

triton college

गत वर्ष प्रतिमन (४० किलो) ६ हजार रूपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्ष प्रतिमन एक हजार मात्र हुँदा किसान निराश भएका हुन्।

गत वर्ष उल्लेख्य भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन्। 

गत वर्ष मात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेख्य थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।

गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले पहिलेभन्दा धेरै खेती गरेका थिए। 

corrent noodles
Metro Mart

यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउँछन्।

अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन। 

यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ। अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निराश हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउँछन्।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो। व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन्।

अदुवा फागुन, चैत महिनामा रोपिन्छ। रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन्। 

विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ। भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउँछन्। रासस

प्रकाशित: Feb 24, 2021| 02:06 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्