शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एक रुपैयाँमै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने 

एक रुपैयाँमै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने 

एक रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– एक रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। 

triton college

दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज मंगलबारदेखि लागू हुनेछ। डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो।

दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ। 

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ। ग्राहकलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

यसबाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्ने डिमहोमले जनाएको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Feb 24, 2021| 05:17 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्