बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज’ भन्ने समाचारमा सत्यता छैन : उपराष्ट्रपतिकाे निजी सचिवालय

‘उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज’ भन्ने समाचारमा सत्यता छैन : उपराष्ट्रपतिकाे निजी सचिवालय

उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपत्यका बाहिर जान बन्देज लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनको निजी सचिवालयले जनाएको छ। 

triton college

आज उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले खण्डन प्रकाशित गर्दै त्यस समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी निजी सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको स्पष्ट पारिन्छ।’

एक सञ्चारमाध्यमले प्रधानमन्त्रीले इच्छ्याएबमोजिम सेनाले उपराष्ट्रपतिलाई उपत्यकाबाहिर कहीँ पनि जान नदिएको भन्ने समाचार प्रकाशित गरेको थियो।

प्रकाशित: Feb 24, 2021| 04:53 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।