काठमाडौं– संसद् पुनर्स्थापना भएको खुसीयालीमा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।
नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन्।
उनीहरूले प्रतिगमनविरुद्ध नारा लगाएका छन्। कार्यकर्ताले न्यायालय ‘वी लभ यू’ भन्दै खुसीयाली मनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै सत्तारुढ दल नेकपा व्यावहारिकरुपमा फुटेको छ।
दाहाल–नेपाल समूह भने विघटनको विरुद्ध आन्दोलनमा थियो।