शनिबार, वैशाख ८, २०८१

अल चापो : ड्रग्सको धन्दा, युवतीको नशा

अमेरिकाको जेलमा रहेका विश्वका सबैभन्दा शक्तिशाली ड्रग्स तस्कर अल चापो फेरि एकपटक चर्चामा आएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

अमेरिकाको जेलमा रहेका विश्वका सबैभन्दा शक्तिशाली ड्रग्स तस्कर अल चापो फेरि एकपटक चर्चामा आएका छन्। अल चापोकी ३१ वर्षीय पत्नी तथा पूर्व ब्युटी क्विन एम्मा कारोनोल ऐइसपुरो अमेरिकामा पक्राउ परेपछि उनी चर्चामा आएका हुन्।

triton college

ड्रग्स तस्करीका बादशाह अल चापोको जन्म उत्तर पश्चिमी मेक्सिकोको सिनालोआ प्रान्तमा गरिब परिवारमा भएको थियो। अल चापोको संगठित अपराध कारोबार कुनै समय निकै तीव्र बनेको थियो। सन् २००९ मा फोर्ब्स म्यागजिनले अल चापोलाई विश्वका ७०१ औं धनी व्यक्तिको रुपमा सूचीकृत गरेको थियो। फोर्ब्सका अनुसार अल चापोसँग एक अर्ब डलरको सम्पत्ति थियो। 

गरिबीमा बाल्यकाल बिताएका अल चापोले बुबाको खुबै कुटाइ खान्थे। उनी बुबाकै कारण ड्रग्स तस्करीको धन्दामा आएका थिए। कम उचाइ भएका कारण उनलाई अल चापो भन्न थालियो। उनको पूरा नाम जोकिन अल चापो गजमन हो। उनको जन्म सन् १९५७ मा भएको थियो।

बाल्यकालमा अल चापो गाँजा खेती गर्न उनका बुबालाई सहयोग गर्थे। त्यसपछि उनी मेक्सिकोका उदाउँदा लागू औषध तस्कर हेक्टर लुइस पाल्मा सालाजारका साथ काम गर्न थाले। उनले सिनालोवाबाट लागू औषध अमेरिका पठाउन नेटवर्क खडा गर्न सालाजारलाई सहयोग गरे। सन् १९८८ मा अल चापोले आफ्नै कार्टेल बनाए।

त्यसपछि उनले पछि फर्किएर हेर्न परेन। पछि सिनालोआ कार्टेलका चिफ बने र उनको संगठन अमेरिकामा सबैभन्दा धेरै लागू पदार्थ तस्करी गर्ने संगठन बन्यो। अलचापो सन् २०१७ देखि अमेरिकाको जेलमा छन्।

corrent noodles
Metro Mart

सुरुङका बादशाह

विश्वका मोस्ट वान्टेड ड्रग माफिया अल चापोले सुरुङको यस्तो जाल बिछ्यााएका थिए, अमेरिकासमेत हेरेको हेरै भएको थियो। उनले सुरुङको जालकै कारण फरक पहिचानसमेत बनाएका थिए। चार दशक भन्दा लामो समयसम्म उनले सिमामा बनाइएका सुरुङका माध्यमबाट ड्रग्स तस्करी गरेका थिए।

जब उनी पक्राउ परे, त्यो बेला समेत उनी सुरुङबाट भागेका थिए। सन् २००१ मा चापो ७८ जना मानिसलाई पैसा खुवाएर जेलमा सुरुङ बनाएर भागे। दोस्रो पटक पक्राउ परेका बेला सन् २०१५ मा समेत उनी सुरुङ खनेर भागेका थिए। उनी एक विशेष रुपले बनाइएको मोटरसाइकलबाट सुरुङबाट भागेका थिए।

महिलाको नशा र २३ बच्चा

अल चापोमा महिलाको नशा थियो। जुन कुरा उनले एक अन्तर्वार्तामा स्वीकार गरेका छन्। सबैभन्दा धेरै के मन पर्छ भनेर सोध्दा उनले भनेका थिए, ‘मलाई केवल महिलाप्रतिको मोह छ।’ उनले चार विवाह गरेका छन्। सबैभन्दा पहिलो विवाह सन् १९७७ मा भएको थियो। सन् २०१७ मा उनले ब्युटी क्विन एम्मा कोरोनेलसँग विवाह गरे।

अहिले उनी पक्राउ परेकी छन्। कोकिन, हेरोइनसहितका लागू पदार्थ वितरण गरेको आरोप उनलाई लागेको छ। सन् २०१५ मा पतिलाई जेलबाट भगाउन सहयोग गरेको आरोप पनि उनीमाथि छ।

एल चापोमाथि बालिका बलात्कारको आरोपसमेत छ। लामो समयसम्म उनको संगत गरेका एलेक्सका अनुसार लुकेर बस्दा समेत उनले धेरै बालिकामाथि बलात्कार गरेका थिए। एलेक्सका अनुसार कामरेड मारिया नाम गरेकी एक महिला चापोको नियमित सम्पर्कमा रहन्थिन्। उनले बालिकाहरुको फोटो एल चापोलाई पठाउँथिन् र छान्न भन्थिन्। उनले बालिकाहरुलाई पहाडमा रहेको गोप्य अड्डामा पुर्याउने काम गर्थिन्।

अल चापोको शक्ति कति छ भनेर हेर्न हालै भएको एक घटना काफी छ। कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेज मेनुअल लोपे अल चापोकी आमालाई भेट्न पुगेका थिए। उनी मेक्सिकोका स्वास्थ्य मन्त्रीले देशका १३ करोड मानिसलाई घरमै रहन निर्देशन दिनुभन्दा २४ घण्टा पूरा हुनुअघि नै राष्ट्रपति अल चापोकी आमालाई भेट्न पुगेको बताइएको छ।

–नवभारत टाइम्सबाट 
 

प्रकाशित: Feb 23, 2021| 08:22 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।