शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सडकमा पुगेपछि नेताहरूले सम्झिएको खुलामञ्च  (भिडियाेसहित)

सडकमा पुगेपछि नेताहरूले सम्झिएको खुलामञ्च  (भिडियाेसहित)

‘धेरैको बुझाइ खुलामञ्च भाषण गर्ने ठाउँ भन्ने थियो। त्यहाँ भाषण गर्दा बेग्लै आनन्द हुन्थ्यो।’ 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडाैं- सरकारविरोधी सभा, चुनाव वा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनका बेला दलका कार्यकर्ता खुलामञ्चमा भेला हुन्थे। नेताहरूले भाषण गर्थे। 

triton college

आसपासका मानिसले घाम ताप्ने, बटुवा सुस्ताउने र कुनै मनोरञ्जनात्मक गतिविधि हुने गरे पनि खुलामञ्च धेरैको बुझाइमा भाषण गर्ने ठाउँ भन्ने थियो।

त्यसैले त नेताहरू कार्यकर्ताले खचाखच खुलामञ्चमा भाषण गर्दा बेग्लै उल्लास हुने बताउँछन्। 

विगत केही वर्षदेखि खुलामञ्च बन्द छ। आधा भाग बसपार्क र आधा भाग निर्माण सामग्री तथा पार्किङले ओगटेको छ। त्यसैले खुलामञ्चमा अचेल आमसभा हुन छाडेको छ।

काठमाडौं भ्यू टावर बनाएर अन्डरग्राउन्डमा बसपार्क नसारेसम्म खुलामञ्च खुला हुने अवस्था छैन।

corrent noodles
Metro Mart

सम्पदा संरक्षणका अभियन्ता एवम् काठमाडौंका पुराना राजनीतिज्ञ वीरेन्द्रभक्त श्रेष्ठ भन्छन्, ‘धेरैको बुझाइ खुलामञ्च भनेको भाषणकै लागि भन्ने थियो। त्यहाँ भाषण गर्दा बेग्लै आनन्द हुन्थ्यो।’ 

उनी २०३६ सालपछि खुलामञ्चमा आमसभा गर्ने क्रम बढेको बताउँछन्। त्यसअघि दलीय राजनीति प्रतिबन्ध रहेका कारण सहरका भित्र चोकमा आमसभा हुने गरेको उनको भनाइ छ। 

पञ्चायतमा पनि चुनावका बेला खुलामञ्चमा सभा गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको उनी स्मरण गर्छन्।

नेकपा दाहाल–नेपाल समूहले माघ ९ गते र माघ २८ गते विरोधसभा गर्दा सिंहदरबारको पश्चिम गेटदेखि सहिदगेटसम्म, जमलदेखि भद्रकालीसम्म, पुतलीसडकदेखि प्रदर्शनी मार्गसम्मको सडक कब्जामा लिएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली पनि के कम? उनले माघ २३ गते दरबारमार्गको सडक नै कब्जामा लिएर आमसभा गरे। त्यस दिन लैनचौरदेखि नागपोखरीसम्मको सडक बन्द थियो।

सहरको केन्द्रमा सडक अवरोध हुँदा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो। सर्वसाधारण मारमा परे। 

खुलामञ्च बन्द भएका कारण आमसभाका लागि सडक प्रयोग गर्नुपरेको दलका नेताहरू बताउँछन्। सडक कब्जामा लिएर आमसभा हुन थालेपछि खुलामञ्चको सम्झना आएको उनीहरूको भनाइ छ। 

खुला स्थान नरहेकै कारण सडकमा सभा गर्न बाध्य भएको नेकपा दाहाल–नेपाल समूहका नेता देवेन्द्र पौडेलले बताए।
उनी भन्छन्, ‘हामी खुलामञ्चलाई मिस गरिरहेका छौं। एउटा ठूलो खुला स्थान चाहिँदो रहेछ। सडकमा कार्यक्रम गर्दा हामीलाई यस्तो आभास भयो।’

राजनीतिक गतिविधि गर्न खुलामञ्च नै उपयुक्त रहेको नेकपा ओली समूहका केन्द्रीय सदस्य आनन्द पोखरेलले बताए। उनले भने, ‘भाषण गर्न मात्र होइन, विपत्का बेला आश्रय लिन पनि खुलामञ्च उपयुक्त ठाउँ हो।’

उनले पनि सडकमा भाषण गर्दा खुलामञ्चको सम्झना आएको बताए।

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर बनाउने प्रक्रिया अघि बढाएपछि खुलामञ्च बन्द गरिएको थियो।

भ्यू टावर २०७८ साउन मसान्तभित्र बनाइसक्नुपर्ने भए पनि अहिलेसम्म अन्डरग्राउन्ड बनाउने र केही तल्ला उठाउने बाहेकको काम भएको छैन। 

 

प्रकाशित: Feb 23, 2021| 08:08 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।