काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ।
सोमबार ८९ हजारमा कारोबार भएको सुन आज तोलामा ९० हजार १०० रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार १०० रुपैयाँले बढेको छ।
तेजाबी सुन सोमबार ८८ हजार ५५० मा कारोबार भएको थियो। आज बढेर ८९ हजार ६५० तोकिएको छ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर एक हजार ३६० पुगेको छ।