शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • क्यानडा पठाइदिने प्रलोभनमा ठगी गर्ने धीरज कारागार चलान 

क्यानडा पठाइदिने प्रलोभनमा ठगी गर्ने धीरज कारागार चलान 

क्यानडा लैजाने लोभ देखाएर युवालाई ठगेको आरोपमा पक्राउ परेका एक जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको छ।  
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

पोखरा– क्यानडा लैजाने लोभ देखाएर युवालाई ठगेको आरोपमा पक्राउ परेका एक जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको छ।  

triton college

क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट एक करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षीय धीरजकुमार विश्वकर्मा माघ १२ गते पक्राउ परेका थिए। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धानपछि अदालतमा मुद्दा दायर भएकामा थुनामा पठाउने आदेश सोमबार भएको हो। 

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विश्वकर्मालाई कारागार पठाउन आदेश दिएको हो। 

आदेशमा भनिएको छ, ‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को अवस्था देखिँदा प्रमाण बुझ्दै जाँदा ठहरेबमाजिम हुने गरी हाललाई कानुनबमोजिम सीधा खान पाउने गरी कारागार पठाइदिनू।’ 

corrent noodles
Metro Mart

धीरजलाई सघाउने दीपक भनिने भोजबहादुर कार्कीसँग अदालतले १८ लाख रुपैयाँ धरौटी मागेको छ। 

कार्कीले धीरजबाट रकम लिएको स्वीकारेकाले पछि ठहरेबमोजिम हुने गरी धरौटी माग गरिएको हो। 

धरौटी रकम बुझाउन नसकेपछि उनी पनि जेल चलान भएका छन्। 

उनले आफू लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायत देशमा धेरै मानिस रोजगारका लागि पठाइसकेको भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  

कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका ३३ जनालाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले उनीहरूबाट रकमसमेत उठाएको भन्ने जाहेरीका आधारमा विश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाश हमालले जानकारी दिए। 

पर्वतको मोदी गाउँपालिका–७ घर भएका उनी पोखरा महानगरपालिका ३०, सिसुवा बस्दै आएका थिए। पैसा लिएका युवालाई विश्वस्त पार्न धीरजले विभिन्न सहकारी संस्था र विकास बैंकहरुको चेकसमेत दिएको पाइएको छ।

प्रकाशित: Feb 23, 2021| 06:05 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।