शनिबार, वैशाख ८, २०८१

एनसेल एपको नयाँ संस्करण सार्वजनिक

 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले सोमबार विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । 

triton college

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्नेछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ । 

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाहरुको सुझावएपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् ।

ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् । 
 

प्रकाशित: Feb 23, 2021| 02:42 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्