बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा फोटो परिवर्तन गरिएपछि आन्दोलन

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा फोटो परिवर्तन गरिएपछि आन्दोलन

फोटोमा त्रुटि भए पनि अहिलेसम्म भएको घटनाको अनुसन्धानमा कुनै लापरबाही र कमजोरी नभएको उनको भनाइ छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

विराटनगर- मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भयो। पुस ४ गते साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा उनी सुत्न गएका थिए। 

triton college

ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि गोदावरी अस्पताल लगिएको थियो। परिवारका सदस्यले अस्पतालमै उनको मृत शरीर देखेको आफन्त दीपक बाँस्तोलाले बताए।

आफन्तले प्रवणीको हत्या भएको दाबी गर्दै आए पनि शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। 

मृत्यु शंकास्पद रहेको भन्दै पुस ९ गते परिवारका सदस्यबाट किटानी जाहेरी परेपछि प्रहरीले उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको थियो। घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो। अनुसन्धान प्रतिवेदन अध्ययनपछि अहिले नै मुद्दा चलाउन नमिल्ने ठहर गर्दै कार्यालयले फाईल फिर्ता पठाएको थियो। 

शंकास्पद घटनामा प्रहरीले लामो समयसम्म न्याय नदिएपछि मृतककी दिदी सदीक्षाले प्रहरी कार्यालयमा पुगेर मिसिल हेर्दा आफ्नो दाजुको फोटो परिवर्तन गरेर अर्कै व्यक्तिको राखेको पाइएको बताइन्। मिसिलमा तीनवटामा एउटा फोटो अर्कै व्यक्तिको राखेका कारण प्रहरीको भूमिका शंकास्पद देखिएको उनको भनाइ छ।

corrent noodles
Metro Mart

मिसिलमा रहेको फोटो दाजुको हैन भनेपछि प्रहरीले हतारहतार परिवर्तन गरिदिएको सदीक्षाको गुनासो छ। अपराधीलाई संरक्षण गरेकोलगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत् आन्दोलनको लाइभ गरेकी थिइन्। 

पोष्टमार्टम रिपोर्टमा छट्पटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै सदीक्षाले प्रहरीले भने घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोप लगाइन्। उनीहरुले अनुसन्धानमा लापरबाही गरिएको भन्दै आइतबारदेखि आन्दोलन थालेका छन्। आन्दोलनरत परिवारका सदस्यले सोमबार पनि नाराबाजी र प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गर्दा त्यहाँको अवस्था दिनभर तनावपूर्ण बन्यो। 

प्रहरीले भुलबश अर्कै फोटो परेको बताएको छ। मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले फोटो राख्ने क्रममा त्रुटि भएको र घटनाको अनुसन्धान अझै पनि जारी रहेको बताए। फोटोमा त्रुटि भए पनि अहिलेसम्म भएको घटनाको अनुसन्धानमा कुनै लापरबाही र कमजोरी नभएको उनको भनाइ छ।

उनका अनुसार घटनाको छानबिनका लागि अर्का डीएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको छ। 
अहिलेसम्म कुनै कमजोरी भएको नदेखिएको र छानबिनबाट घटनाको अनुसन्धानमा लापरबाही गरेको पुष्टि भए कारबाही हुने थापाले बताए। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फोटो अर्कै व्यक्तिको परेको भए पनि गलत वा लापरबाही गर्ने मनसायले त्यस्तो नगरिएको बताए। 

पीडितका अनुसार मिसिलमा मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो। सदीक्षाका अनुसार मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन। यद्यपी प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको फोटो घटनास्थल मुचुल्कामा संलग्न गरेको उनको आरोप छ।

मोरङ प्रहरीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले अनावश्यक गतिविधिले घटनाको वास्तविकता पत्ता लगाउन गाह्रो पर्ने भएकाले स्वतन्त्रपूर्वक रुपमा घटनाको सबै अनुसन्धान पुरा गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो।

प्रकाशित: Feb 22, 2021| 12:20 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।