बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नर्भिक अस्पतालमा अन्तर्राष्ट्रियस्तरको नयाँ ओपीडी सेवा सुरु

नर्भिक अस्पतालमा अन्तर्राष्ट्रियस्तरको नयाँ ओपीडी सेवा सुरु

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपीडी सेवाको सुरुवात गरेको छ।

triton college

अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो पुरानो ओपीडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो।

अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपीडी कक्षको सुरुवात गरिएको बताए। अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपीडी सेवाबाट गरेको जानकारी दिए।

उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताए। यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताए।

नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ। ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ।

corrent noodles
Metro Mart

नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताए।

प्रकाशित: Feb 22, 2021| 07:07 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्