शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बालबालिकासम्बन्धी योजना कार्यान्वयन गर्न मोरङका जनप्रतिनिधिहरु सहमत

बालबालिकासम्बन्धी योजना कार्यान्वयन गर्न मोरङका जनप्रतिनिधिहरु सहमत

स्थानीय तहमा बालबालिकासम्बन्धी योजना निर्माण गरी कार्यान्वयन गर्न मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरु सहमत भएका छन्।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

विराटनगर- स्थानीय तहमा बालबालिकासम्बन्धी योजना निर्माण गरी कार्यान्वयन गर्न मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरु सहमत भएका छन्।

triton college

बालबालिकासम्बन्धी कार्यविधि, नीति तथा रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न उनीहरुले सहमति जनाएका हुन्।

जिल्ला समन्वय समिति मोरङको आयोजना, राष्ट्रिय बाल अधिकार परिषद्को सहजिकरण तथा मानव अधिकार मञ्च र साझा सवालका लागि साझा मञ्च (कोकन)को व्यवस्थापनमा आइतबार विराटनगरमा गरिएको जिल्लास्तरीय छलफल कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले बालबालिकासम्बन्धी ऐन २०७५ ले व्यवस्था गरेको प्राबधानलाई कार्यन्वयन गर्न प्रतिबद्ध रहेको उनीहरुले बताएका छन्।

उनीहरुले बालअधिकार सुनिश्चितताका लागि संघीय, प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाबीच समन्वय गरिने बताएका छन्। 

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले बालबालिकासम्बन्धी कार्यविधि बनाएर काम गरिरहेको बताए। उनले मोरङको उत्तरपूर्वका ६ वटा स्थानीय तहका प्रमुखहरुबीच बालबालिकासम्बन्धी कार्यहरु गर्दा समन्वय गरेर गर्ने गरिएको समेत बताए। विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले महानगरपालिकाले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरेको बताइन्।

corrent noodles
Metro Mart

राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकासम्बन्धी ऐनमा भएका व्यवस्थाहरु अझै पनि स्थानीय तहहरुले कार्यन्वयन गर्न नसकेको बताए। उनले स्थानीय तहमा बाल अधिकार समिति, बाल कोष, बाल कल्याण अधिकारी हुनु पर्ने व्यवस्थालाई कार्यन्वयनका लागि बाल अधिकार परिषद्ले काम गरिरहेको बताए।

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले स्थानीय तहहरुले बालबालिकाको सहभागितासँगै क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताइन्।

जिल्लास्तरीय कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल, स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, अधिकारकर्मी लगायतको सहभागिता थियो। 

प्रकाशित: Feb 21, 2021| 13:27 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।