शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त प्रदेश प्रमुख झा जनकपुर पुग्दा मन्त्रीहरु वीरगंजमा

नवनियुक्त प्रदेश प्रमुख झा जनकपुर पुग्दा मन्त्रीहरु वीरगंजमा

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

जनकपुरधाम- प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ।

triton college

कतिपयले प्रदेश सरकारको यो कदमलाई आलोचना गरिरहेका छन् कतिपयले प्रदेश सरकारको यो कदमको स्वागत गरिरहेका छन्।

तर प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाममा कुनै मन्त्री उपलब्ध नरहेका कारण राज्यमन्त्री स्वागतका लागि पुगेको स्पष्ट पारेका छन्।

उनले मुख्यमन्त्री तथा मन्त्रीहरु र आफू जनकपुरधाममा नरहेकोले स्वागतका लागि पुग्न नसकेको प्रतिक्रिया दिए। प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरु एक कार्यक्रममा सहभागी हुन वीरगंज पुगेका थिए। 

नवनियुक्त प्रदेश प्रमुख झाको नियुक्तिलाई लिएर प्रदेश सरकारले आलोचना गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री यादवले प्रदेश सरकार उनको पछिल्लो मधेश विरोधी तथा संघीयता विरोधी गतिविधिलाई कडा आलोचना गर्दै आइरहेको स्वीकार गर्दै भविश्यमा पनि यस्तै गतिविधि रहे सोहीअनुरुप आफूहरुले रणनीति बनाउने बताए। 

corrent noodles
Metro Mart

उनले भने ‘मधेशलाई गाली गर्ने तथा संघीयताको विरोध गर्नेलाई पछिल्लो समय प्रधानमन्त्री ओलीले पुरस्कृत गरिरहेका छन्, नवनियुक्त प्रदेश प्रमुखलाई समेत सोही क्रममा पुरस्कार स्वरुप नियुक्त गरिएको हुनसक्छ।’

नियुक्ति जसरी गरिए पनि नवनियुक्त प्रदेश प्रमुखको कार्यशैली साकारात्मक रह्यो भने समर्थन जनाउने नभए सोही अनुरुप हामी पनि अगाडि कदम उठाउन बाध्य हुने मन्त्री यादवले बताए। प्रदेश प्रमुखको पद सेरोमोनियल रहेकोले प्रदेश सरकारको काममा कुनै किसिमको बाधा नपुग्ने उनको विश्वास छ।

प्रकाशित: Feb 21, 2021| 12:56 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।